चिनियाँ विज्ञप्तिमा प्रचण्डले 'इन्डो-प्यासिफिक स्ट्राटेजी'को विरोध गर्नु आपत्तिजनकः राजदूत बेरी | Khabarhub Khabarhub

चिनियाँ विज्ञप्तिमा प्रचण्डले ‘इन्डो-प्यासिफिक स्ट्राटेजी’को विरोध गर्नु आपत्तिजनकः राजदूत बेरी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ सम्बन्धमा भएको कुराकानीलाई लिएर अमेरिकी राजदूतले आपत्ति जनाएका छन्।

बिहीबार परराष्ट्र मन्त्रालयमा सचिव शंकरदास बैरागीलाई भेटेर अमेरिकी राजदूत  र्‍यान्डी डब्लु बेरीले आपत्ति जनाएका हुन्। उनेल नेपाल र अमेरिकाबीचको सम्बन्ध चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा आउँदा दुःख लागेको बताए ।

चिनियाँ विज्ञप्तिको विषयलाई लिएर राजदूतले बेरीले परराष्ट्र सचिवसँग दुई देशबीचको कुरा तेस्रो देशको विज्ञप्तिमा कसरी पर्न गयो भन्ने विषयमा जिज्ञासा राखेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

नेपालका लागि अमेरिकी राजदूत बेरी र काठमाडौंस्थित अमेरिकी दूतावासका उपनियोग प्रमुख म्यानुएल पी. मिक्कलर परराष्ट्र सचिवलाई भेट्न बिहीबार परराष्ट्र मन्त्रालय पुगेका थिए।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा प्रचण्डसँगको भेटवार्ता सम्बन्धी चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : १५ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो