३० लाख बढी सेवाग्राही भएको टुजी र थ्रीजी सेवा बन्द गर्दै एनसेल « Khabarhub

३० लाख बढी सेवाग्राही भएको टुजी र थ्रीजी सेवा बन्द गर्दै एनसेल


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसलले टुजी र थ्रीजी सेवा बन्द गर्ने जनाएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक जाब्बोर कायुमोभले नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको ‘रिभाइटलाइजिङ दी टेलिकम इन्डष्ट्री’ कार्यक्रममा आफ्नो विचार राख्दै सो एनसेल टुजी र थ्रीजी सेवा बन्द गर्ने योजनामा रहेको बताएका हुन् ।

उनले सन् २०२५ भित्र थ्रीजी र सन् २०२७ भित्र टुजी सेवा बन्द गर्ने तयारीमा एनसेल रहेको बताए । ‘हामीले २०२५ थ्रीजी र २०२७ मा टुजी बन्द गर्ने योजना बनाएका छौं, तर ३३ लाख टुजी ह्यान्डसेट चलिरहेका छन्, नयाँ भोल्ट सर्पोट नभएका ह्यान्डसेटको  आयात रोक्न नियामकीय सहयोग आवश्यक छ’, उनले भने ।

उनले अन्य धेरै देशले सो विषयलाई लागू गरिसकेको समेत बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : १७ बजे

साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन