नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल सामू जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो ।

उसका लागि यास्मिन खानले ४४ बल खल्दै पाँच चौकाको सहायताले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन । 

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक-एक  विकेट लिए । 

प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।  

जारी प्रतियोगितामा नामिबियाले नेपाललाई यसअघि  पराजित गरेको थियो भने हङकङसँग चार विकेट र युगान्डासँग एक रनले पराजित भएको थियो । नेपाल अहिले जबाफी ब्याटिङमा उत्रेको छ । 
 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : ४२ बजे

कृषि विकास बैंकको अध्यक्षमा पौडेल 

काठमाडौं– कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड

प्रधानमन्त्री ओलीविरुद्धको रिटमा कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने

ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको शेयर किन्यो 

काठमाडौं– ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीको शेयर किनेको

रेयरलाई शीर्ष नायक लिएर ‘महादशा’बाट निर्देशनमा डेब्यू गर्ने किरणको घोषणा

काठमाडौं – नायक रेयर राईलाई शीर्ष भूमिकामा लिएर निर्माता किरण