नेकपा कार्यकर्ताको आक्रमणबाट बाँके कांग्रेस सभापतिको हात भाँचियो « Khabarhub

नेकपा कार्यकर्ताको आक्रमणबाट बाँके कांग्रेस सभापतिको हात भाँचियो


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध युवाहरुले आक्रमण गर्दा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको छ।

बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा चलिरहेको जागरण अभियानमा नेकपा सम्बद्ध युवाहरु आएर बिथोल्ने र हातपात गर्दा कांग्रेस सभापति कोइरालाको बायाँ हात भाँचिएको कांग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणाले बताए।

कार्यक्रम चलिरहेको बेलामा गुण्डागर्दी शैलीमा आएका युवाहरुले आक्रमण गरे, त्यसक्रममा सभापति कोइरालाको हात भाँचिएको र अरु केही घाइते भएको उपसभापति राणाले बताए ।

भदौ २४ गतेदेखि कांग्रेसको राष्ट्रिय जागरण अभियान चलिरहेको छ। त्यसक्रममा बिहीबार सीतापुरमा कार्यक्रम भएको थियो । कांग्रेस बाँकेका अनुसार, खजुरा वडा नं. १ का अध्यक्ष सुमन मल्लको निर्देशनमा युवाहरु आएर आक्रमण गरेका थिए।

कांग्रेस बाँकेले नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीलाई कारबाही नभए कडाभन्दा कडा आन्दोलनको गर्न बाध्य हुने चेतावनी दिएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले आक्रमणमा सहभागी युवाहरुलाई पक्राउ गर्न टोली खटाइसकेको जनाएको छ। जिप्रकाका प्रवक्ता डिएसपी शिव सिंहले आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको कमाण्डमा टोली पठाएको जानकारी दिए।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : २८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका