नेकपा कार्यकर्ताको आक्रमणबाट बाँके कांग्रेस सभापतिको हात भाँचियो « Khabarhub

नेकपा कार्यकर्ताको आक्रमणबाट बाँके कांग्रेस सभापतिको हात भाँचियो


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध युवाहरुले आक्रमण गर्दा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको छ।

बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा चलिरहेको जागरण अभियानमा नेकपा सम्बद्ध युवाहरु आएर बिथोल्ने र हातपात गर्दा कांग्रेस सभापति कोइरालाको बायाँ हात भाँचिएको कांग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणाले बताए।

कार्यक्रम चलिरहेको बेलामा गुण्डागर्दी शैलीमा आएका युवाहरुले आक्रमण गरे, त्यसक्रममा सभापति कोइरालाको हात भाँचिएको र अरु केही घाइते भएको उपसभापति राणाले बताए ।

भदौ २४ गतेदेखि कांग्रेसको राष्ट्रिय जागरण अभियान चलिरहेको छ। त्यसक्रममा बिहीबार सीतापुरमा कार्यक्रम भएको थियो । कांग्रेस बाँकेका अनुसार, खजुरा वडा नं. १ का अध्यक्ष सुमन मल्लको निर्देशनमा युवाहरु आएर आक्रमण गरेका थिए।

कांग्रेस बाँकेले नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीलाई कारबाही नभए कडाभन्दा कडा आन्दोलनको गर्न बाध्य हुने चेतावनी दिएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले आक्रमणमा सहभागी युवाहरुलाई पक्राउ गर्न टोली खटाइसकेको जनाएको छ। जिप्रकाका प्रवक्ता डिएसपी शिव सिंहले आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको कमाण्डमा टोली पठाएको जानकारी दिए।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : २८ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक