‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’ « Khabarhub

‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृह महिला मैत्री हुनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाको अर्थपूर्ण सहभागिता’ सम्बन्धी अन्तरक्रियाका सहभागीले महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृहले महिला पत्रकारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन महासङ्घले आवश्यक अनुगमन र पहल गर्नुपर्नेमा जोड दिए ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राईले सङ्घीय गणतन्त्रलाई प्रवर्द्धन गर्न र सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले समाजमा सञ्चारलगायत अन्य क्षेत्रमा महिलामाथि हुने विभेदको अन्त्यका लागि सबै एकजुट भएर लाग्नसमेत आग्रह गरिन् ।

मन्त्रालयका सचिव हेमराज तामाङले महिला पत्रकारलाई न्यून पारिश्रमिकमा काम नगर्न आह्वान गर्दै मन्त्रालयले महिलाका लागि लेखन वृत्ति रकम वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष द्वय सन्तोष सिग्देल र तारा आचार्य, सचिव नेत्र पी अधिकारी, कोशी प्रदेश अध्यक्ष भरत खड्का, केन्द्रीय सदस्य कमल रिमाल, मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार विक्रम लुइँटेल, पत्रकार विवेक गौतमलगायतले महिला पत्रकार र स्थानीय सञ्चार गृहको प्रवर्द्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महासङ्घ मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेलले ‘पत्रकारितामा महिला पत्रकारको स्थायित्वको सवाल’ र कान्तिपुर टेलिभिजनका उपसम्पादक महाप्रसाद खतिवडाले ‘सञ्चार क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र भावी रणनीति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : ५१ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो