संविधान दिवसलाई भव्य बनाउन स्थानीय सरकारलाई आग्रह | Khabarhub Khabarhub

संविधान दिवसलाई भव्य बनाउन स्थानीय सरकारलाई आग्रह


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा भव्यता साथ मनाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

असोज २, ३ र ४ गते महानगर, उपमहानगर, नगरपालिका गाउँपालिका र जिल्ला तहमा संविधानसँग सम्बन्धित जनाजगरण कार्यक्रम गरी भव्यरूपमा मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

असोज २ गते उपत्यकाभित्रका स्थानीय तह र सरकारी कार्यालयले आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा र ब्यानरले नगर सजाउने, सरकारी कार्यालयले आआफ्नो कार्यालय परिसर सबैको घरघरमा सरसफाइ र दीपावली गर्ने, संविधानमा केन्द्रित रही परिसंवाद कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय झण्डा लिएर क्रिकेटलगायतका दौड कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

असोज ३ गते संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने, शहीदप्रति उच्च सम्मान गर्ने कार्यक्रम गर्ने, प्रदेश तथा सबै स्थानीय तहले हातहातमा राष्ट्रिय झण्डा लिएर सम्बन्धित स्थानीय तहले तोकिएको ठाउँमा प्रभातफेरि कार्यक्रम गर्ने, वडा र नगरपालिकाले विभिन्न झाँकी र र्‍याली प्रदर्शन गर्न मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्रसमेत गरेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ०२ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको