विराट गोल्ड कपको उपाधि थ्री स्टारलाई « Khabarhub

विराट गोल्ड कपको उपाधि थ्री स्टारलाई


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराट गोल्ड कप फुटबलको उपाधि ललितपुरको थ्री स्टार क्लबले जितेको छ ।

बुधबार साँझ विराटनगरको शहीद रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।

विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका खेमराज श्रेष्ठ र दीपेश घलेले एक–एक गोल गरेका थिए ।

प्रतियोगिताको विजेता टोली थ्री स्टारले नगद ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

थ्री स्टारका खेलाडी खेमराज ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई ५१ हजार रुपैयाँ प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए  ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : ५९ बजे

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका