शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान | Khabarhub Khabarhub

शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – रुस र युक्रेन बीचको युद्ध अन्त्यका लागि वार्ता गर्नका लागि अमेरिकी प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार साउदी अरेबियामा युक्रेन र अमेरिका बीचको वार्तामा ३० दिनको युद्ध विरामका लागि सहमति भएपछि यसमा रुसी सहमति जुटाउन अमेरिकी प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो।

यस अघि नै अमेरिकी विदेशमन्त्री मार्क रुबियोले बल रुसको कोर्टमा भएको बताएका थिए। उनले रुसप्रति पनि सकारात्मक अपेक्षा राखेको बताएका थिए। साउदी अरेबियाको वार्ता सकिएपछि मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विकोफ नै रुससँग वार्ता गर्न त्यसतर्फ गएका हुन्।

ह्वाइट हाउसले यो योजना बुधबार नै बनाएको हो। रुसले भने यो प्रस्ताव पढेर निर्णय गर्ने जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ८ : ०२ बजे

जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै

जनकपुरधाम– सडक दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले

माउन्टेन इनर्जी नेपालद्वारा २१ प्रतिशत बढी लाभांश घोषणा

काठमाडौं– माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको

माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न निर्वाचन आयोग पुगे पुन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जे‍न-जी अभियान्ता सन्दिप

सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स

काठमाडौं– नेपालका सानो भाई पौडेलले विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु

एमसीसीको काम गर्ने निर्माण व्यवसायी वा सेवा प्रदायकले आयकर बुझाउन नपर्ने

काठमाडौं– नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत एमसिएन नेपालको काम गर्ने