शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान « Khabarhub

शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – रुस र युक्रेन बीचको युद्ध अन्त्यका लागि वार्ता गर्नका लागि अमेरिकी प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार साउदी अरेबियामा युक्रेन र अमेरिका बीचको वार्तामा ३० दिनको युद्ध विरामका लागि सहमति भएपछि यसमा रुसी सहमति जुटाउन अमेरिकी प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो।

यस अघि नै अमेरिकी विदेशमन्त्री मार्क रुबियोले बल रुसको कोर्टमा भएको बताएका थिए। उनले रुसप्रति पनि सकारात्मक अपेक्षा राखेको बताएका थिए। साउदी अरेबियाको वार्ता सकिएपछि मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विकोफ नै रुससँग वार्ता गर्न त्यसतर्फ गएका हुन्।

ह्वाइट हाउसले यो योजना बुधबार नै बनाएको हो। रुसले भने यो प्रस्ताव पढेर निर्णय गर्ने जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ८ : ०२ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये