काठमाडौं – बोरुसिया डर्टमन्ड युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधवार भएको दोस्रो चरणको दोस्रो लेगमा डर्टमन्डले लिलीलाई २-१ ले हराएको हो। पहिलो लेगमा यी दुई टोलीबीच १-१ गोलको बराबरी भएको थियो।
घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा जोनाथन डेभिडको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो। खेलको ५४ औँ मिनेटमा डर्टमन्डका इम्रे कानले पेनाल्टी मार्फत गोल गरे।
खेलको ६५ औँ मिनेटमा डर्टमन्डका म्याक्सिमिलियन बेयरले निर्णायक गोल गरेका हुन्।


                    
                










प्रतिक्रिया