शासकको सनकले लम्बिएको रुस-युक्रेन युद्ध: सफल होला ट्रम्पको प्रयास ? | Khabarhub Khabarhub

शासकको सनकले लम्बिएको रुस-युक्रेन युद्ध: सफल होला ट्रम्पको प्रयास ?

कहालीलाग्दो र रक्तपात पूर्ण अध्याय अन्त्यको सम्भावना


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

फेब्रुअरी २०२२ मा सुरु भएको रुस-युक्रेन युद्ध अन्त्यको सम्भावना देखिएको छ। युद्ध अन्त्य भयो भने कसरी सहमति हुने भन्ने अनिश्चित नै छ। युद्ध यता रुसले लिएको युक्रेनको २० प्रतिशत जमिन र त्यहाँको खनिजका विषय प्रमुख हुन्। युरोपको भूमिका, नाटोको सदस्यता र युक्रेनको दीर्घकालीन सुरक्षाको ग्यारेन्टी थप विषय हुन्।

यो तीन वर्षमा धेरै उथलपुथल भए। युद्ध सुरु भएको दुई महिनामा नै रुसले मारियो पुलमा कब्जा जमाएको थियो। यसपछि डोन्सटेक, खेर्सन, लुहान्सक र झाम्पाझारियाका अधिक स्थानमा पकड जमाइ सकेको छ। अहिले नै भने रुसले युक्रेनको पूर्वी भाग डोन्सटक, खार्किभ र ओडेसालाई निसाना बनाएको छ।

इन्स्टिच्युट अफ द वारका विज्ञका अनुसार रुसले कस्कमा मात्र अहिले ६ लाख २० हजार सेना पठाएको छ। साउदी अरेबियाको अमेरिका र युक्रेन बीचको वार्ताले नयाँ मोड लिएको छ। तत्काल युद्ध विरामको सम्भावना पनि छ। अन्यथा रुसी लक्ष्य मार्च महिना सकिँदासम्म केही सहरमा युक्रेनी सेनालाई धपाइ सक्नु नै हो।

कुरास्कोभमा कब्जा जमाएको रुसी सेना पोक्रोभ्सतर्फ अघि बढी रहेको छ। पश्चिममा ४० किलोमिटर अघि बढ्नका लागि रुसी सेनाका लागि एक वर्ष भन्दा बढी समय लागेको थियो। डोन्सटकको ठिक उत्तरको एभडिभ्सकाबाट युक्रेनी सेना फेब्रुअरी महिनामा पछि हटेको थियो। त्यहाँका ३० हजार मानिसले सो स्थान छाडिसकेका छन्।

मे २०२४ मा रुसले २०२४ मा खार्किभको धेरै स्थानमा कब्जा जमाउन सुरु गरेको थियो। यस बीचमा साना गाउँमा रुसले कब्जा जमायो भने धेरै स्थानमा युक्रेनीलाई छाड्न बाध्य बनाएको थियो।

पूर्वी युक्रेन भने सन् २०१४ देखि नै युद्ध प्रभावित क्षेत्र हो। पूर्वी डोन्सटेक र लोहान्सकमा रुसले त्यस समयमा कब्जा जमाइसकेको थियो। त्रिमियाको दक्षिणी प्रायदीपमा त रुसले सन् २०१४ मा नै पूर्ण नियन्त्रण राखेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१४ अघिकै भूभाग फिर्ता हुने सम्भावना कम भएको जनाएका छन्।

बिबिसीसँगको वार्ताका उनले केही जमिन युक्रेनले फिर्ता पाउने बताएका थिए। ११ फेब्रुअरीमा द गार्जियनमा प्रकाशित अन्तरवार्तामा युक्रेनी राष्ट्रपति मोलोडोमिर जेलेन्स्कीले पछिल्लो महिना युक्रेनले फेरि कब्जा जमाएको उत्तरी कस्क शान्ति वार्ताको एजेन्डा बन्ने छ।

अगस्ट महिनामा युक्रेनले अप्रत्याशित रूपमा आक्रमण गर्दै सो जमिनमा पकड राखेको थियो। त्यस क्षेत्रबाट दुई लाख जनाले रुसी सीमा पार गरेको जनाइएको थियो। परन्तु रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले यसलाई युक्रेनी प्रपोगान्डा मात्र भएको बताएका थिए।

दुई सातामा रुसको १२ सय वर्ग किलोमिटर तथा ९३ वटा गाउँ लिएको दाबी युक्रेनी कमान्डरको थियो। केही भाग फेरि रुसले लिएको छ। तर पनि युक्रेनी सेना अझ त्यही छ। पुटिनका प्रवक्ता डिमिटप् पेस्कोभले त्यस क्षेत्र नियन्त्रणमा राख्ने जेलेन्स्कीको सपना सम्भव नै नहुने बताए।

२०२२ को फेब्रुअरी अन्त्यमा रुसले आक्रमण सुरु गरेको हो। केही सातामा नै युक्रेनको धेरै भूभागमा प्रवेश गर्दै रुसी सेना युक्रेनी राजधानी किभ तर्फ गएको थियो।

खार्किभमा बम बारी गरेको रुसले खेर्सनको पूर्वी र दक्षिणी भाग समेत कब्जामा लिएको थियो। तटीय सहर मोरिओपुललाई समेत रुसी सेनाले छोटो समयमा नै घेरेको थियो। उनीहरू सुरुवाती समयमा युक्रेनमा उपस्थिति जनाउन सफल भए पनि युक्रेनी सेनाले यसको डटेर सामना गरेका थिए। केही समय पछि नै रुसी सेनामा समस्या आउन थालेको छ। सही समयमा पानी र खाद्यान्न समेत उनीहरू कहाँ पुग्न छाडिसकेको थियो। त्यसपछि नै युक्रेनी शक्तिमा केही परिवर्तन आएको थियो। पश्चिमा देशले उपलब्ध गराएको हतियार समेत युक्रेनले पाउन थालेको थियो। यसमा एनल एन्टी ट्याङ्क सिस्टम प्रमुख थियो। यो रुसी सेनाको विरुद्धमा प्रभावकारी थियो।

२०२२ को अक्टोबरमा नाटकीय परिवर्तन आएको थियो। राजधानी किभ कब्जा गर्न हिँडेको रुसी सेना उत्तरका सबै भाग छाडेर फिर्ता भएको थियो। त्यसको एक महिनापछि युक्रेनी सेनाले फेरि खेर्सनको दक्षिणी भाग नियन्त्रणमा लिएको थियो।

यसपछि धेरै युद्ध पूर्वमा नै भएको थियो। रुसी सेना धेरै जसो जमिनमा नै सक्रिय थियो। यस युद्धमा भएको मानवीय क्षतिको आङ्कलन छैन। तथापि धेरै तथ्याङ्कका अनुसार ७० हजार भन्दा बढी रुसी सेनाको ज्यान गएको छ।
घाइते र मर्ने रुसीको सङ्ख्या पाँच लाख हाराहारीमा रहेको जनाइएको छ।

कहालीलाग्दो मानवीय क्षति
१२ फेब्रुअरीका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी पुटिनसँगको फोन वार्तामा युद्धलाई रक्तपातपूर्ण भनेका थिए। यस भन्दा अघि नै जनवरी महिनामा ट्रम्पले १० लाख भन्दा बढी रुसी सेना तथा सात लाख भन्दा युक्रेनी सेना मारिएको बताएका थिए।

यो दाबीको बाबजुद युद्धको मैदानमा मारिनको तथ्यांक जटिल छ। रुस यस बारेमा धेरै मौन रहने गरेको छ। युक्रेनले पनि भर्खर मात्र तथ्यांक सार्वजनिक गर्न थालेको हो। युक्रेनले १३ फेब्रुअरीका दिन निकालेको तथ्यांक अनुसार रुसी र युक्रेनी सेनाको साथै युक्रेनी सर्व साधारणको एक लाख ४८ हजार ३५९ जनाको मृत्यु भएको जनाएको थियो। युक्रेनको तथ्याङ्कमा भने कसैले विश्वास गर्न सकेका छैनन्। यथार्थमा यो भन्दा धेरै गुणा बढी क्षति भएको अनुमान छ।

१६ फेब्रुअरीमा राष्ट्रपति जेलेन्स्कीले एक अन्तरवार्तामा ४६ हजार युक्रेनी सेना मारिएको तथा तीन लाख ९० हजार घाइते भएको बताएका थिए। जेलेन्स्कीको तथ्याङ्कमा सन् २०१४ देखि २०२२ को बीचमा ज्यान गुमाउनेको सङ्ख्या यकिन छैन। राष्ट्र सङ्घका अनुसार त्यस समयमा पनि ४४ सय युक्रेनी सेना मारिएका थिए।

युक्रेनकै सैन्य अधिकारीको दाबी अनुसार आठ लाख ८५ हजार सेना रुसले गुमाएको छ। उसको यो दाबीमा मर्ने या हराउनेको सङ्ख्या उल्लेख छैन। डिसेम्बर यता डोन्सटक र पेभरस्कमा प्रभाव जमाउने प्रयासमा रुसले सबै भन्दा धेरै सेना गुमाएको थियो। पेभरस्कमा जनवरी महिनामा सात हजार रुसी सेना मारिएको युक्रेनी दाबी छ।

रुस र अमेरिकाको दाबी फरक छ। संसारका विभिन्न सञ्चार माध्यमको अनुमान पनि फरक छ। यसका बाबजुद के साँचो हो भने त्यस युद्धमा मर्ने र हराउनको सङ्ख्या जोड्ने हो भने दुवै पक्षका सेना र युक्रेनी नागरिक गरी करिब १० लाख या त्यस भन्दा बढीले ज्यान गुमाइसकेको साँचो हो। इकोनिोमिस्टको अनुमान अनुसार त युक्रेनले मात्र ६ लाखदेखि १० लाख सेना गुमाएको छ।

सन् २०२४ को अन्त्यमा प्रकाशित राष्ट्र सङ्घीय तथ्याङ्कमा १२ हजार ३४० सर्वसाधारण युक्रेनी मारिएका छन्। साथमा २७ हजार ८३६ हराएका छन्। खार्किभ, किभ र झाम्पाझोरियामा भएको ड्रोन आक्रमणमा धेरै सर्वसाधारण मारिएका हुन्।

युक्रेनको सवालमा सञ्चार माध्यमको अनुमान, युक्रेनको अनुमान तथा राष्ट्र सङ्घको अनुमान फरक छ। ६ लाख युक्रेनी यस बीचमा हराएको अनुमान छ। १९ हजार युक्रेनी बालबालिका रुस, बेलारुष र रुस अधीनस्थ क्षेत्रमा डिपोर्ट गरिएको छ।

तीन वर्ष लामो यस युद्धको अन्यमा सीमा, खनिज, राज्यको सम्पत्ति, सार्वभौकिताको विषय बढी उठेका छन्। लाखौँले ज्यान गुमाएको यो तीन वर्षमा रुस र युक्रेनमै जीवितको जीवन पनि पक्कै सहज छैन।

मंगलबार अमेरिका र युक्रेनी प्रतिनिधि मण्डलबीच भएको सकारात्मक वार्तापछि संसार अहिले पुटिनको निर्णय पर्खी रहेको छ। डोनाल्ड ट्रम्पमा दूत स्टिभ विटकोफ अहिले रुससँगको वार्ताका लागि त्यसतर्फ गएका छन्। सायद यसले यो रक्तपात पूर्ण युद्धको अन्त्य गर्नेछ। स्रोतः बिबिसी, सिएनएन, किभ इन्डिपेन्डेन्ट

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ९ : ४२ बजे

चाडपर्वमा चोरी बढ्ने भन्दै सतर्क रहन प्रहरीको आग्रह

काठमाडौं– चाडपर्व सुरु भएसँगै काठमाडौं उपत्यकामा चोरी बढ्ने भन्दै प्रहरीले

अमेरिकी सरकारको दस्तावेज भन्छ– हर्क साम्पाङले पत्रकारलाई धम्क्याए

काठमाडौं– अमेरिकाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकले

कार्बन सञ्चितिवापत् नेपालले सन् २०२८ सम्ममा १० अर्बभन्दा बढी रुपैयाँ प्राप्त गर्ने

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा वन

जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्नेछु : मुख्यमन्त्री बानियाँ

बागमती– प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी

गृहमन्त्रीले भने- रविलाई छुट्टै कोठामा राखेर कैदीले पाउने सबै सुविधा उपलब्ध गराएका छौँ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा