सेनाको बर्दीमै युद्धग्रस्त कुर्स्क क्षेत्र पुगे राष्ट्रपति पुटिन « Khabarhub

सेनाको बर्दीमै युद्धग्रस्त कुर्स्क क्षेत्र पुगे राष्ट्रपति पुटिन

युक्रेनसँगको युद्धविराम शर्त पालना नगर्ने संकेत


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । सेनाको बर्दीमै देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्धविरामको सहमति नमानेको अर्थमा हेरिएको छ ।

पुटिनले अमेरिका र युक्रेनबीच युद्धविराम गर्ने सहमति भएको केही घण्टापछि नै कुर्स्क क्षेत्रमा सेनाको बर्दी पहिरिएर भ्रमण गरेका थिए ।

युक्रेनले गत अगस्टमा रूसको कुर्स्क क्षेत्रमा कब्जा गरेको कम्तिमा ९० प्रतिशत क्षेत्र गुमाएको छ ।

ठूलो संख्यामा रूसी र उत्तर कोरियाली पैदल सेनाले यहाँको भूभागबाट युक्रेनी सेनालाई लखेटेको छ । यस क्षेत्रमा रूसी सेनाले ठूलो संख्यामा विस्फोटकले भरिएका ड्रोनहरू प्रयोग गरिरहेका छन् ।

रूसले अमेरिकाको मध्यस्थतामा गरेको युद्धविरामका सर्तहरू स्वीकार गर्छ कि गर्दैन भनेर हेरिरहेको छ । यस्तोमा पुटिनको भ्रमणले थप अन्योलता बढाएको छ ।

एकातिर युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी प्रतिनिधिमण्डल युक्रेनसँगको वार्ताको सन्देश लिएर मस्को पुग्ने क्रममा छन् । अर्कोतिर अमेरिकाले वार्तापछि यसअघि युक्रेनलाई रोकेका सैन्य सहयोगलाई निरन्तरता दिन दिएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको प्रस्तावलाई रुसले अस्वीकार गरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : १४ बजे

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न