सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैन : मन्त्री खड्का « Khabarhub

सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैन : मन्त्री खड्का


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन्।

यहाँको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्‌घाटन गर्दै आज उनले सङ्घीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताए।

उनले संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको स्पष्ट पारे । मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको उनको भनाइ थियो ।

‘मुलुकमा राजनीतिक परिवर्तन ल्यायौँ, अब आर्थिक परिवर्तन गरेर समृद्ध नेपाल निर्माणमा अगाडि बढ्नुछ,’ उनले भने। मन्त्री खड्काले सङ्खुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने बताए । 

उनले जनताको जलविद्युत कार्यक्रममार्फत गरिबीको रेखा मुनिका जनतालाई स्रोतमाथिको अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई आयोजनाको क्षमता हेरेर दुई लाखदेखि पाँच लाखसम्म विना धितो जलविद्युतको शेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने बताए।
 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ३ : ४५ बजे

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

तेह्रथुम- तेह्रथुम जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत

एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने

काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

गण्डकी- निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन व्यवस्थित गर्न अपिल

अर्घाखाँची- वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन वन अतिक्रमण