पीएम कप : कर्णालीमाथि आर्मीको फराकिलो जित « Khabarhub

पीएम कप : कर्णालीमाथि आर्मीको फराकिलो जित


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं – जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । बिहिबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको कर्णालीले ३७.१ ओभरमा अलआउट हुदै १३५ रन मात्र बनाएको थियो । कर्णालीका लागि प्रकाश जोशीले अविजित ५० रन बनाएका थिए भने विपिन रावलले २३ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शाहाब आलमले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । आर्मीका लागि ट्रीत राज दासले सर्वाधिक ६९ रन बनाए भने कप्तान विनोद भण्डारीले ५६ रन बनाएका थिए ।

त्यस्तै भीम सार्कीले ४० र बसिर अहमदले ३६ रन बनाएका थिए ।  त्यसैगरी कर्णालीका प्रकाश जोशीले ४ र दिनेश अधिकारीले ३ विकेट लिएका थिए ।

यो जितपछि आर्मीले ३ खेलमा ६ अंक हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने कर्णालीको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : ०७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन