युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य « Khabarhub

युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं–  युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।  जारी चार देशीय सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको हो । 

युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने ईश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

नेपालले यसअघि खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेकोले फाइनलमा पुग्न यो खेल जित्नैपर्ने दबाब रहेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । 

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : ३० बजे

प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा

जनताको जीवनस्तर सुधार्ने किम जोङ उनको वाचा

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

रसुवा– रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार