सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित « Khabarhub

सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । 

क्याम्पस प्रमुख डा. गजराम दमाई बिहीबार सूचना जारी गरेर स्ववियु निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेका हुन् । 

उनले क्याम्पसको निर्वाचन समितिका निर्वाचन अधिकृत नरेन्द्रसिंह खत्रीले धम्कीका कारणले असुरक्षित महसुस गरेर पदबाट राजीनामा दिएको र खत्रीको ठाउँमा अर्को निर्वाचन अधिकृतको जिम्मेवारी लिन कोही तयार नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन असहज भएका बताएका छन् । 

‘हाललाई अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी गराइन्छ,’ क्याम्पस प्रमुख डा. दमाईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : ३५ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना