सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित « Khabarhub

सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । 

क्याम्पस प्रमुख डा. गजराम दमाई बिहीबार सूचना जारी गरेर स्ववियु निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेका हुन् । 

उनले क्याम्पसको निर्वाचन समितिका निर्वाचन अधिकृत नरेन्द्रसिंह खत्रीले धम्कीका कारणले असुरक्षित महसुस गरेर पदबाट राजीनामा दिएको र खत्रीको ठाउँमा अर्को निर्वाचन अधिकृतको जिम्मेवारी लिन कोही तयार नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन असहज भएका बताएका छन् । 

‘हाललाई अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी गराइन्छ,’ क्याम्पस प्रमुख डा. दमाईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : ३५ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न