युद्ध विराममा सकारात्मक पुटिनले गरे जेलेन्स्कीमाथि प्रश्नै प्रश्न, सहमति हुने ट्रम्पको विश्वास « Khabarhub

युद्ध विराममा सकारात्मक पुटिनले गरे जेलेन्स्कीमाथि प्रश्नै प्रश्न, सहमति हुने ट्रम्पको विश्वास


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनसँगको युद्ध विराम गर्ने कुरामा सहमति भए पनि अहिलेको कठिन परिस्थितिमा यसको प्रकृति र स्वरूपका बारे धेरै प्रश्न रहेको बताएका छन्। अमेरिकासँगको वार्तामा युक्रेनले ३० दिने युद्ध विरामलाई स्वीकार गरेपछि पुटिनको यो धारणा बाहिर आएको हो।

पुटिनको धारणालाई युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले विषयलाई तोडमोड गर्ने योजनाको रूपमा लिएको बताएका छन्। उनले रुस युद्ध विरामका लागि सहमत नभए थप प्रतिबन्धको आवश्यकता रहेको समेत बताए।

मस्कोमा आयोजित पत्रकार सम्मेलनमा पुटिनले भने, ‘हामी युद्ध विरामको प्रस्तावमा सकारात्मक छौँ। तर छलफल गर्नु पर्ने धेरै विषय बाँकी नै छन्।’

उनले युक्रेनको पक्षबाट हेर्ने हो भने ३० दिने युद्ध विराम राम्रो भएको बताए। अहिलेको मूल विषय कस्क क्षेत्र हो। त्यस क्षेत्रमा रुसले गत वर्ष आक्रमण सुरु गरेको थियो। अहिले केही भाग लिइसकेको छ । कस्क क्षेत्रकै बारे पुटिनले युक्रेनसँग मर्ने या भाग्ने भन्दा अन्य विकल्प नभएको बताए।

उनले युक्रेनले राखेको ३० दिने प्रस्तावको बारे भने, ‘यो ३० दिनमा के गर्ने ? फेरि गतिविधि गर्ने ? फेरि सैन्य शक्ति सङ्गठित गर्ने ? मानिसहरूलाई प्रशिक्षण दिने ? वा यो केही पनि होइन ? अहिलेको यस अवस्थाको कसरी सामना गर्ने ?’ पुटिनको प्रश्न थियो।

युद्ध विराम अन्त्य गर्ने आदेश कसले दिने र कसले रोक्ने लगायतको विषय समेत अझ बाँकी नै रहेको उनले बताए। जेलेन्स्कीले भने पुटिनले युद्ध चाहे पनि राष्ट्रपति ट्रम्पसँग सिधै निरन्तर युद्ध चाहेको बताउन नसकेको बताए।

ह्वाइट हाउसमै रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पुटिनसँगको भेट गर्ने रुचि भएको तथा उनी ३० दिने युद्ध विरामको पक्षमा सहमत गराउन सक्ने विश्वास रहेको बताए। यस अघि नै ओभल अफिसमा नाटो महासचिव मार्क रुइटसँगको वार्तामा उनले युक्रेनलाई विशेष प्राथमिकता दिएर कुरा गरेको बताए।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ६ : ५० बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै