प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । 

दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उहाँका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ  एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका हुन्। 

‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको  कथा भन्छ,’ स्रष्टा क्षेत्री र उहाँको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्रीले लेख्नुभएको छ । 

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो । 

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ९ : ३३ बजे

पूर्वाधार विकास समितिद्धारा ग्वार्को फ्लाई ओभरको अनुगमन (तस्बिरहरू)

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको

चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा

खोटाङ– खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल

इटहरी– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव

काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम