सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाशकाले विपरीत बुद्धि | Khabarhub Khabarhub

सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाशकाले विपरीत बुद्धि


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले सरकारलाई ‘विनाश काले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेका हुन्।

उनले सरकारलाई कुशासनको दुष्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्रको तीव्र विरोध र गलत तत्वहरूले सडकमा अशान्ति फैलाइरहेको संवेदनशील समयमा सरकारले अर्को ‘दुष्कर्म’ को प्रयास गरेको जिकिर गरेका हुन् ।

उनले ‘पूर्व विशिष्टलाई आजीवन सुविधा’ दिने सरकारको तयारीलाई चौतर्फी विरोधको सामना भइरहेको बताए । उनले सरकारलाई यस्ता काम अघि नबढाउन र दिइएका सुविधाहरू घटाउन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘विनाश काले विपरीत बुद्धिः सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मका प्रयासः पूर्वविशिष्टलाई आजीवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊ बरु दिइएको सुविधा पनि घटाऊ।’

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १० : १७ बजे

भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द

काठमाडौं– भारत सरकारले समाचार पोर्टल द वायरको पहुँचमा प्रतिबन्ध लगाएको

रौतहटकाे चन्द्रपुरमा हात्तीको विध्वंश

रौतहट– जङ्गली हात्तीले गत मङ्गलबार रौतहटको चन्द्रपुर–२ जोगिटोलकी एकल महिला

नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदहरूलाई सरकारको नीति

गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने सभापति देउवाको विश्वास

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर

भारत–चीन सीमामा देखिएका समस्या समाधान गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाका सदस्य डा. स्वर्णिम वाग्लेले सीमानाकाका समस्या समाधान गर्न