नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने « Khabarhub

नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना तथा खेलकुद पूर्वाधार विकासका लागि भारतले सहयोग गर्ने सहमति भएको छ ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको द्विपक्षीय सहकार्यसम्बन्धी विवरणअनुसार नेपालको खेलकुद क्षेत्रको विकास र सम्बन्धित पूर्वाधार निर्माणलाई सुदृढ बनाउन दुवै देश मिलेर काम गर्ने भएका हुन् ।

सहमतिअनुसार भारतले नेपालमा राष्ट्रिय स्तरको क्रिकेट कोचिङ तथा प्रशिक्षण एकेडेमी स्थापना गर्न र राष्ट्रिय तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग पुर्‍याउनेछ ।

सहमतिबमोजिम नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिम लिने अवसर प्रदान गरिनेछ ।

क्रिकेटका अतिरिक्त ब्याडमिन्टन, टेनिस, सुटिङ र एथ्लेटिक्सलगायत अन्य खेलमा पनि यस्तै प्रशिक्षण अवसर तथा नेपालमा आधुनिक बहुखेलकुद केन्द्र (मल्टी–स्पोर्ट्स सेन्टर) विकासका सम्भावना खोजिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पर्वतीय खेलकुद को क्षेत्रमा संयुक्त आरोहण (एक्सपिडिसन) सञ्चालन गर्नेलगायत सहकार्यका सम्भावनाखोजिने भएको छ ।

यसैगरी, क्रिकेट, फुटबललगायत विभिन्न खेलका लिगमा नेपाल र भारतका खेलाडीलाई एक–अर्काको देशमा सहभागी गराउने अवसर सिर्जना गर्न दुवै देशका सम्बन्धित खेलकुद निकाय तथा अधिकारीलाई प्रोत्साहित गर्ने सहमति समेत भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ४ : २१ बजे

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमत

काठमााडौं- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा हवाई रुटमा महत्वपूर्ण

नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा राष्ट्रिय

नेप्से झिनो अंकले बढ्यो, कारोबार साढे ३ अर्बमाथि

काठमाडौँ- साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी : ३४ श्रमिक अझै बेपत्ता

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको एक क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन

नयाँ दिल्ली- द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो