‘होस्टल-३’ को पहिलो साता कमाई ४ करोड नाघ्यो, उपत्यका र मोफसलमा उस्तै व्यापार « Khabarhub

‘होस्टल-३’ को पहिलो साता कमाई ४ करोड नाघ्यो, उपत्यका र मोफसलमा उस्तै व्यापार


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन २३ गते प्रदर्शनमा आएको फिल्म ‘होस्टल -३’को पहिलो साताको व्यापर निर्माण पक्षले सार्वजनिक गरेको छ । निर्माण पक्षको दाबीअनुसार यस फिल्मले सुरुवाती सात दिनमा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ ।

वितरकहरूबाट प्राप्त रिपोर्टको आधारमा उक्त रकम बराबरको ग्रस कलेक्सन भएको फिल्मका निर्देशक सशान कँडेलले बताए ।

उनले थपे, ‘हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ । वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ ।’

कँडेलका अनुसार फिल्मले काठमाडौं उपत्यकामा र मोफसलका दर्शकबाट उस्तै साथ पाएको छ । ग्रस कलेक्सनको रिपोर्टले पनि त्यही देखाएको छ ।

उनी भन्छन्, ‘फिल्मले काठमाडौंमा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ ।’

यो शुक्रबारबाट ‘अञ्जिला’, ‘राजागंज’ र ‘दफा आउट लअ’ प्रदर्शनमा आएका छन् । तीन फिल्म प्रदर्शनमा आउँदा पनि होस्टल-३ को शो र अकुपेन्सीमा तात्विक फरक आएको पाइँदैन ।

निर्माण पक्षका अनुसार शुक्रबार पनि फिल्मको अकुपेन्सी उच्च छ । केही हलहरुमा यही फिल्मको शो बढी छ ।

यस फिल्ममा सामाजिक सञ्जालका चर्चित अनुहार पारस बम ठकुरी र पदम तामाङ छन् । यी दुईसहित सिम्रन पन्त हेना नगरकोटी, रिहान गिरी, समा पराजुली र आशिष घिमिरे फिल्मको शीर्ष भूमिकामा छन् ।

आशिषबाहेक शीर्ष भूमिकामा रहेका सबैको यो डेब्यू फिल्म हो । यस फिल्मको कथा निर्देश कँडेलको हो । पटकथा र संवाद माधव शर्माले लेखेका हुन् ।

फिल्मका निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १२ : ४६ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता