वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण « Khabarhub

वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । 

‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुगेका उनले जलवायुका असरबारे ध्यानाकर्षण गराएका हुन् । 

मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुगेका हुन् । 

उनी बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । 

यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गरेका थिए । 

उक्त कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्री, जल सुरक्षा, जलवायु परिवर्तन र प्रकृतिका विज्ञ र विश्व बैंक, युएनइपी, युएनआइसीइएफ, आइएफएडी र ग्लोबल कमिसन अन द इकोनोमिक्स अफ वाटरलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

मन्त्री ठकुरीले प्रणाली र जीविकोपार्जनमा जलवायु परिवर्तनले ल्याएका जीवन–मरणका चुनौतीको सामना गर्न नेपाल सरकारले लिएका पहलबारे प्रकाश पारेका थिए । सो अवसरमा उनले नेपालले आयोजना गर्न लागेको  ‘सगरमाथा संवाद’ बारेमा जानकारी गराएको मन्त्री ठकुरीको सचिवालयले जनाएको छ । 

संवादमार्फत नेपाल सरकारले बहुपक्षीय अन्तरक्रिया गर्न थालेको उल्लेख गर्दै मन्त्री ठकुरीले यो विश्वव्यापी संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा हुने बताए। 

उनले हिमालय क्षेत्रको जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्न आवाज उठाउन र समर्थन जुटाउन नेपालको बलियो पहलका बारेमा जोड दिएका थिए ।

कार्यक्रममा मन्त्री ठकुरीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाकोतर्फबाट बेलायतको ‘एफसिडिओ’ का अन्तर्राष्ट्रिय विकास, ल्याटिन अमेरिका र क्यारिबियन मामिलाका राज्यमन्त्री बैरोनेस चापम्यानलाई संवादमा सहभागी हुन औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए । 

साथै बेलायतका प्रकृति विशेष प्रतिनिधि रुथ डेभिसलाई पनि सोही निमन्त्रणा दिएका थिए । सो अवसरमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलगायत सहभागी थिए।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  २ : १८ बजे

खगेन्द्रको मागपछि प्रतिनिधिसभा सदस्यको क्यान्टिन बन्द (तस्बिरहरू)

काठमाडौं– संघीय संसद् भवनको प्रतिनिधिसभाको सदस्यहरूका लागि सञ्चालित क्यान्टिन बन्द

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम अझै उच्च

क्यानबेरा– अस्ट्रेलियाली रक्षा बल (एडीएफ) का वर्तमान तथा पूर्वसदस्यमा आत्महत्याको

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन