‘वसन्त’को पोस्टरमा ग्रामिण सरकारी स्कुलको विद्यार्थीको गेटअपमा प्रकाश र स्वस्तिमा ! « Khabarhub

‘वसन्त’को पोस्टरमा ग्रामिण सरकारी स्कुलको विद्यार्थीको गेटअपमा प्रकाश र स्वस्तिमा !


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुतको डेब्यू निर्देशन रहने फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मका नायकसमेत रहेका प्रकाश र नायिका स्वस्तिमा खड्का फिचर्ड पोस्टर बिहीबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा प्रकाश र स्वस्तिमा ग्रामीण विद्यार्थीको लुक्समा छन् । प्रकाशले सरकारी स्कुलको पोसाक निलो पाइन्ट र सर्ट लगायतका छन् । उनले हातमा किताब चेपेका छन् भने खुट्टामा लोतीवाला चप्पल लगाएका छन् ।

स्वस्तिमाले पनि विद्यालयमाको पोसाकमा छिन् । पोस्टरमा उनीहरू दुई विद्यालय जाँदै गरेको वा फर्कँदै गरेको देख्न सकिन्छ ।

पोस्टरले उनीहरू दुई प्रेममा रहेको संकेत गर्छ । उनीहरू दुवै प्रेम भावमा देखिएका छन् ।

पोस्टर सार्वजनिक प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर बसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर सिनेमा वसन्त तयार भएको छ । ती रंङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । वसन्त एउटा सुन्दर प्रेमको रङले बनेको छ ।’

फिल्ममा उनी र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन , अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मको लेखक प्रकाश आफैँ हुन् । छायाङ्कन पनि उनको जन्म थलो बागलुङसहित काठमाडौं र तराईका केही भेगमा गरिएको छ ।

विपन्न दलित समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्म बनेको निर्माण पक्षले जनाएको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने यस फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहोराको लगानी रहेको छ ।

फिल्मको प्रदर्शन मिति चैत २२ लाई तोकिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : ११ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु