‘वसन्त’को पोस्टरमा ग्रामिण सरकारी स्कुलको विद्यार्थीको गेटअपमा प्रकाश र स्वस्तिमा ! « Khabarhub

‘वसन्त’को पोस्टरमा ग्रामिण सरकारी स्कुलको विद्यार्थीको गेटअपमा प्रकाश र स्वस्तिमा !


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुतको डेब्यू निर्देशन रहने फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मका नायकसमेत रहेका प्रकाश र नायिका स्वस्तिमा खड्का फिचर्ड पोस्टर बिहीबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा प्रकाश र स्वस्तिमा ग्रामीण विद्यार्थीको लुक्समा छन् । प्रकाशले सरकारी स्कुलको पोसाक निलो पाइन्ट र सर्ट लगायतका छन् । उनले हातमा किताब चेपेका छन् भने खुट्टामा लोतीवाला चप्पल लगाएका छन् ।

स्वस्तिमाले पनि विद्यालयमाको पोसाकमा छिन् । पोस्टरमा उनीहरू दुई विद्यालय जाँदै गरेको वा फर्कँदै गरेको देख्न सकिन्छ ।

पोस्टरले उनीहरू दुई प्रेममा रहेको संकेत गर्छ । उनीहरू दुवै प्रेम भावमा देखिएका छन् ।

पोस्टर सार्वजनिक प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर बसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर सिनेमा वसन्त तयार भएको छ । ती रंङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । वसन्त एउटा सुन्दर प्रेमको रङले बनेको छ ।’

फिल्ममा उनी र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन , अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मको लेखक प्रकाश आफैँ हुन् । छायाङ्कन पनि उनको जन्म थलो बागलुङसहित काठमाडौं र तराईका केही भेगमा गरिएको छ ।

विपन्न दलित समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्म बनेको निर्माण पक्षले जनाएको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने यस फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहोराको लगानी रहेको छ ।

फिल्मको प्रदर्शन मिति चैत २२ लाई तोकिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : ११ बजे

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको