‘अञ्जिला’ हेरेपछि प्रीतिले भनिन्– छोरीले फुटबल खेल्नुहुन्न भन्ने सोचाइकाे शिकार म पनि भएँ « Khabarhub

‘अञ्जिला’ हेरेपछि प्रीतिले भनिन्– छोरीले फुटबल खेल्नुहुन्न भन्ने सोचाइकाे शिकार म पनि भएँ


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होलीको अवसर पारी बिहीबारबाट फिल्म ‘अञ्जिला’ प्रदर्शनमा आएको छ । यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तानसमेत रहेकी गोलकिप्पर अञ्जिाला तुम्बापो सुब्बाको जीवनीबाट प्रभावित छ ।

फिल्ममा अञ्जिालले राष्ट्रिय खेलाडी बन्न गरेको संघर्षमा केन्द्रित छ । यसमा ‘छोरी फुटबल खेल्नु हुन्न’ भन्ने मान्यता राख्ने पुरातनवादी समाजबाट अञ्जिला पीडित भएको घटना पनि सामावेश गरिएको छ । फिल्ममा अञ्जिला आफैँले पनि अभिनय गरेकी छन् ।

राष्ट्रिय टिमकी अर्की सदस्य प्रीति राईले पनि यो फिल्म बिहीबार साँझ हलमा पुगेर हेरेकी छन् । उनले अञ्जिालाई नजिकबाट चिनेको र फिल्ममा देखाइएको भन्दा बढी मिहिनेत गरेको आफूलाई थाहा भएको प्रतिक्रिया दिइन् ।

यो कुरा निर्देशक मिलन चाम्सले पनि स्वीकार गरेका छन् । उनले भने, ‘हामीले चाहेर पनि सबै देखाउन सकेनौँ । यो फिल्ममा आएको कथा त २५ प्रतिशत मात्रै हो ।’

एञ्जिलाले जस्तै आफू पनि कुनै समय ‘छोरीले फुटबल खेल्नु हुँदैन’ भन्ने पुरातनवादी समाजको शिकार भएको प्रीतिले सुनाइन् ।

उनले भनिन्, ‘छोरीले फुटबल खेल्नु हुँदैन भन्ने सामाजिक दृष्टिकोण मैले पनि भोगेकी थिएँ, आज यो ठाउँमा उभिँदा मलाई पनि गर्व लागेको छ ।’

प्रीति फिल्म हलमा सशस्त्र प्रहरीको एउटा टोलीलेले सुरक्षा दिएको थियो । उनले फिल्म राम्रो बनेकाले सबैलाई एक पटक हेर्न समेत आग्रह गरिन् ।

अञ्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडीसम्मको यात्राबाट प्रभावित यस फिल्ममा उनीसहित अभिनेता दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ०३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका