‘अञ्जिला’ हेरेपछि प्रीतिले भनिन्– छोरीले फुटबल खेल्नुहुन्न भन्ने सोचाइकाे शिकार म पनि भएँ « Khabarhub

‘अञ्जिला’ हेरेपछि प्रीतिले भनिन्– छोरीले फुटबल खेल्नुहुन्न भन्ने सोचाइकाे शिकार म पनि भएँ


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होलीको अवसर पारी बिहीबारबाट फिल्म ‘अञ्जिला’ प्रदर्शनमा आएको छ । यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तानसमेत रहेकी गोलकिप्पर अञ्जिाला तुम्बापो सुब्बाको जीवनीबाट प्रभावित छ ।

फिल्ममा अञ्जिालले राष्ट्रिय खेलाडी बन्न गरेको संघर्षमा केन्द्रित छ । यसमा ‘छोरी फुटबल खेल्नु हुन्न’ भन्ने मान्यता राख्ने पुरातनवादी समाजबाट अञ्जिला पीडित भएको घटना पनि सामावेश गरिएको छ । फिल्ममा अञ्जिला आफैँले पनि अभिनय गरेकी छन् ।

राष्ट्रिय टिमकी अर्की सदस्य प्रीति राईले पनि यो फिल्म बिहीबार साँझ हलमा पुगेर हेरेकी छन् । उनले अञ्जिालाई नजिकबाट चिनेको र फिल्ममा देखाइएको भन्दा बढी मिहिनेत गरेको आफूलाई थाहा भएको प्रतिक्रिया दिइन् ।

यो कुरा निर्देशक मिलन चाम्सले पनि स्वीकार गरेका छन् । उनले भने, ‘हामीले चाहेर पनि सबै देखाउन सकेनौँ । यो फिल्ममा आएको कथा त २५ प्रतिशत मात्रै हो ।’

एञ्जिलाले जस्तै आफू पनि कुनै समय ‘छोरीले फुटबल खेल्नु हुँदैन’ भन्ने पुरातनवादी समाजको शिकार भएको प्रीतिले सुनाइन् ।

उनले भनिन्, ‘छोरीले फुटबल खेल्नु हुँदैन भन्ने सामाजिक दृष्टिकोण मैले पनि भोगेकी थिएँ, आज यो ठाउँमा उभिँदा मलाई पनि गर्व लागेको छ ।’

प्रीति फिल्म हलमा सशस्त्र प्रहरीको एउटा टोलीलेले सुरक्षा दिएको थियो । उनले फिल्म राम्रो बनेकाले सबैलाई एक पटक हेर्न समेत आग्रह गरिन् ।

अञ्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडीसम्मको यात्राबाट प्रभावित यस फिल्ममा उनीसहित अभिनेता दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ०३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको