सरकारले दुईतिहाइको दम्भ राख्नु हुँदैन : एनपीए साउद | Khabarhub Khabarhub

सरकारले दुईतिहाइको दम्भ राख्नु हुँदैन : एनपीए साउद


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई ठूला दल मिलेर सरकार बन्दा प्रतिपक्ष कमजोर भएका कारण आफूहरु सरकारलाई सही दिशातर्फ डोर्याउन प्रयास गरिरहेको बताएका छन् ।

नेपाल शिक्षक संघ बैतडीको २२ औँ जिल्ला प्रतिनिधि सभा समारोह उद्घाटन गर्दै उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले सरकारका कमिकमजोरीबारे सचेत गराइरहेको बताए ।

‘दुई ठूला दल मिलेर सरकार बनेपछि प्रतिपक्ष कमजोर हुने नै भयो । त्यही भएर हामी पार्टीकै मान्छे पनि सरकार गल्ती नगर है, कानुन बनाउँदा दुईतिहाइको दम्भ नराख है, आमजनताको भावनाको सम्मान गर है भनेर आवाज उठाइरहेका छौँ,’ नेता साउदले भने ।

उनले कांग्रेस ‘डेमोक्रेटिक’ पार्टी भएकाले पार्टीकै नेताहरु ‘एडभोकेसी’ गर्दै आएका बताए ।‘नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकाले लगातार एडभोकेसी गरिराखेका छौँ,’ पूर्व परराष्ट्रमन्त्री साउदले भने, ‘यसमा म पनि लागि राखेको छु । अरु साथीहरु पनि लागिराख्नु भएको छ ।’

साउदले दुईतिहाइको सरकारले आफ्ना प्राथमिकता निर्धारण गर्दा मुख्य प्राथमिकताको क्षेत्रमा प्रवेश गर्न नसकेको पनि बताए ।

‘दुईतिहाइको सरकार बनिसकेपछि यसले प्राथमिकता निर्धारण गर्दा मुख्य प्राथमिकताको क्षेत्रमा प्रवेश गर्न सकेको छैन,’ नेता साउदले भने, ‘मुख्य प्राथमिकताको क्षेत्र भनेको संविधान संशोधन हो ।’

उनले संविधान संशोधन गर्दा शिक्षकहरुका माग पनि समेटिनु पर्ने बताए । ‘यदि संविधान संशोधन गर्नु पर्ने हो भने त्यहींनिर तपाईंहरुका शिक्षासम्बन्धी समस्याहरु पनि आउँछन् । धेरै शिक्षकहरुको गुनासो छ,ु साउदले भने, ुशिक्षक भनेका शिक्षाको उन्नयनका लागि एकल स्रोत हुन ।’

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ४२ बजे

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु

तापक्रम नियन्त्रणमा राख्ने बाचा असफल भयो :महासचिव गुटेर्रेस

बेलेम – विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने

राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप

काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत