विश्लेषक मीना पौडेलको ‘साहस’ बजारमा | Khabarhub Khabarhub

विश्लेषक मीना पौडेलको ‘साहस’ बजारमा


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी विश्लेषक मीना पौडेल लिखित ‘साहस (महिला बेचबिखन, बहिष्कार र प्रतिकार)’ सार्वजनिक भएको छ ।
किताब पब्लिशर्सले प्रकाशन गरेको यस पुस्तकमा मानव बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूको अनुभूतिलाई लैङ्गिक, सामाजिक–सांस्कृतिक, कानुनी र आर्थिक हिंसाका पाटामार्फत उजागर गरिएको पब्लिशर्सकी सीईओ कल्पना ढकालले बताइन् ।

साढे तीन दशकदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा प्राज्ञिक अनुसन्धान, नीतिगत पैरवीका साथै जनपक्षीय विकास कार्यक्रमहरूमार्फत सीमान्तकृत समुदायका पक्षमा क्रियाशील मीना पौडेल समाजवादी विश्लेषक हुन् ।

त्रिविबाट मानवशास्त्रमा स्नातकोत्तर र बेलायतबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तरसम्बन्धमा विद्यावारिधि गरेकी उनले आप्रवासनका विभिन्न आयाममा एसिया, युरोप र अफ्रिकाका मुलुकहरूमा विभिन्न निकायमा आवद्ध भएर काम गरेकी छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अनुसन्धानमूलक लेख–रचना प्रकाशित गरिसकेकी पौडेलको नेपाली भाषामा यो पहिलो पुस्तक हो । पौडेलको विद्यावारिधि अनुसन्धानबाट विकसित भएर सन् २०११ मा अङ्ग्रेजीमा छापिएको यो पुस्तक फ्रेन्च, जर्मन, इटालियन, पोलिस र पोर्चुगिज भाषामा समेत प्रकाशित भइसकेको छ ।

‘यस पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाइको खाँचो औंल्याउँछ,’ पौडेल भन्छिन्, ‘मानव बेचबिखन यौनसँग मात्र सम्बन्धित छैन; यो कुनै व्यक्तिविरुद्धको यस्तो सामाजिक अपराध हो, जुन लैङ्गिकता, यौनिकता, आप्रवासन, आर्थिक विपन्नता, सामाजिक–सांस्कृतिक अवहेलना, श्रमको विभेद, संरचनागत शक्ति असन्तुलनले सृजना गरेको हिंसा र राज्यको अर्घेल्याइँ लगायतका अनेकौं पक्षसँग जेलिएको छ ।’

यस पुस्तकमा महिला बेचबिखन जस्तो जटिल विषयमा अनुसन्धान गर्ने उपयुक्त विधि पनि सुझाइएको छ, जसले बेचबिखनबाट प्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखेर समाजशास्त्रीय–महिलावादी बहसको प्राज्ञिक पैरवी गर्छ ।

नेपाली र बेलायती विश्वविद्यालयहरूमा प्राज्ञिक कार्यसमेत गरिसकेकी पौडेलले संयुक्त राष्ट्रसङ्घको वरिष्ठ कर्मचारीको जिम्मेवारीबाट हालै स्वैच्छिक अवकाश लिएर आप्रवासनका अन्तर्राष्ट्रिय अनुसन्धानहरूमा स्वतन्त्र सल्लाहकारका रूपमा योगदान पुऱ्याइरहेकी छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ४ : २५ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय