नेपाली युवा फुटबल टोलीले शनिवार जोर्डनसँग खेल्दै | Khabarhub Khabarhub

नेपाली युवा फुटबल टोलीले शनिवार जोर्डनसँग खेल्दै


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यु–१६ च्याम्पियनसिप छनोट चरणको पहिलो खेलमा नेपाली युवा फुटबल टोली भोलि (शनिबार) घरेलु टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

छनोटको समूह ए मा रहेको नेपालले जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा घरेलु युवा टोलीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

केही दिन अगाडिमात्रै भारतमा सम्पन्न यु–१५ साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका अधिकाशं खेलाडी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको टोलीमा रहेका छन् ।

सन् २०२० मा हुने एएफसी च्याम्पियनसिपको छनोट चरणको समूह ए मा नेपालसहित जोर्डन, कुवेत, श्रीलंका र ताजकिस्तानका युवा टोली रहेका छन् ।

समूह चरणको खेल खेल्ने तयारीमा रहेको युवा टोली शुक्रबार जार्डन पुगेको छ भने आज केही अभ्यास गरेर शनिबार पौने ८ बजे जोर्डनविरुद्ध मैदान उत्रिनेछ ।

नेपाल युवा टोली र जोर्डन युवा टोलीबीच सन् २०१५ मा एकपटक भेट भएको थियो । जसमा नेपाली टोलीले जार्डनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यद्यपी त्यतिबेलाका खेलाडी अहिले नेपाली टोलीमा छैनन् ।

घरेलु टोलीलाई स्तब्ध पार्दै छनोट चरणमा सुखद् शुरुवातको लक्ष्यमा नेपाल रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ भने तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाली युवा टोली

गोलरक्षक : मनोज दहाल, जेनियस केसी, पाथुङ हाङ नेम्वाङ

डिफेन्डर : अजय चौधरी, अभिषेक वाइवा, जान लिम्बू, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमीर हमिद

मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपीन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री

स्ट्राइकर : शशाङ्क बोहोरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १२ : ५५ बजे

चार महिनादेखि बसेन काठमाडौंको कार्यपालिका, सुनिताले भनिन्- एजेन्डाको थुप्रो लाग्यो, मेयरसँग भेट हुन सकेन

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक चार महिनादेखि बस्न सकेको छैन

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

सन् १८५१, २ डिसेम्बरको रात १७ वर्षीय फ्रेडरिक अगस्ट वारथोल्ड

सरकार र शिक्षाबीचको पहिलो चरणको वार्ता सकियो : फेरि छलफल हुने

काठमाडौं – २५ दिनदेखि काठमाडौंमा प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा

बालेनलाई सुनिताको जवाफ: काठमाडौं टावर अनावश्यक, महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अख्तियार दुरुपयोग अनुसन्धान

अन्दोलनबाट फर्किरहेका शिक्षक चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

झापा – काठमाडौंबाट झापा आइरहेको प्रदेश १-०१-००१-ख ४२ नम्बरको यात्रुबाहक