प्रहरी महानिरीक्षक बसन्त कुँवर घर जाँदै, को बन्ला नयाँ आईजीपी ? | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षक बसन्त कुँवर घर जाँदै, को बन्ला नयाँ आईजीपी ?

कुँवरसँगै ५ एआईजी र ३ डीआईजीले पनि अवकाश पाउने


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् ।

आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।

कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्।

त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

को बन्ला नयाँ आइजीपी ?

आज (सोमबार) बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ नेतृत्व चुन्ने तयारी छ । स्रोतका अनुसार एआइजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।

साथै सरकारले रिक्त एआईजी र डीआइजी पदमा केहीलाई बढुवा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ३४ बजे

ओलीको झोलामा के छ ?

काठमाडौं– पछिल्लो साता नेपाली राजनीतिमा आधा दर्जन विषय बहसमा तानिएका

संसदमा बोल्ने वातावरण बनाइदिनु पर्‍याे : गृहमन्त्री

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद् बैठकमा

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले भेट्यो गभर्नर र मुख्य दलका प्रमुख सचेतकलाई

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले नेपाल राष्ट्र

केराबारीको गाउँ बडीमालिकाको कोर्ध, बर्सेनि करोड आम्दानी

धनगढी – जहाँ केराकाे झाङ नभएको कुनै घर छैन ।

भाषिक विवादमा कमल हासन, बहिष्कारमा पर्‍यो फिल्म

काठमाडौं – दक्षिण भारतीय नायक कमल हासन भाषिक विवादमा परेका