प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज लुम्बिनी र मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तथा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तीनवटै खेल बिहान ९ बजे सुरु हुने छन् ।

लुम्बिनी र मधेश प्रदेशको खेल दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले चार खेलमा तीनमा जित र एकमा हार बेहोरेको छ । मधेश प्रदेशले तीन खेलमा एक खेल जित्दा दुईमा पराजित भएको छ ।

यस्तै, सुदूरपश्चिम र नेपाल पुलिसको खेल भैरहवाको सिद्धार्थनगर रङ्गशालामा हुनेछ ।  सुदूरपश्चिमले अहिलेसम्म खेलेका चार खेलमा एकमा जित र तीनमा पराजित भएको छ । नेपाल पुलिस भने चारवटै खेलमा अपराजित रहँदै शीर्ष स्थानमा छ ।

यसैगरी, एपीएफ र आर्मीबीचको खेल भैरहवाको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एपीएफले चारमध्ये तीनमा जित र एकमा हार बेहोरेको छ । आर्मी आफ्ना चार खेलमा अपराजित छ ।  

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : १८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना