प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज लुम्बिनी र मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तथा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तीनवटै खेल बिहान ९ बजे सुरु हुने छन् ।

लुम्बिनी र मधेश प्रदेशको खेल दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले चार खेलमा तीनमा जित र एकमा हार बेहोरेको छ । मधेश प्रदेशले तीन खेलमा एक खेल जित्दा दुईमा पराजित भएको छ ।

यस्तै, सुदूरपश्चिम र नेपाल पुलिसको खेल भैरहवाको सिद्धार्थनगर रङ्गशालामा हुनेछ ।  सुदूरपश्चिमले अहिलेसम्म खेलेका चार खेलमा एकमा जित र तीनमा पराजित भएको छ । नेपाल पुलिस भने चारवटै खेलमा अपराजित रहँदै शीर्ष स्थानमा छ ।

यसैगरी, एपीएफ र आर्मीबीचको खेल भैरहवाको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एपीएफले चारमध्ये तीनमा जित र एकमा हार बेहोरेको छ । आर्मी आफ्ना चार खेलमा अपराजित छ ।  

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : १८ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि