अङ्गीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ– गृहमन्त्री थापा | Khabarhub Khabarhub

अङ्गीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ– गृहमन्त्री थापा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री राम बहादुर थापा (बादल)ले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अङ्गीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै गृहमन्त्री बादलले सीमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरी अङ्गीकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पारे । सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको उननको भनाइ थियो ।

त्री थापाले नेपाल भारतबीचको विशेष सम्बन्ध र नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरि नेपाली पुरुष संग विहे गर्ने महिलालाई नेपाली अङ्गीकृत नागरिकता प्राप्त गर्ने समय ७ बर्ष तोकिएको स्पष्ट पार्नुभयो । सरकारले नेपाली पुरुषसंग विहे गर्ने विदेशी महिला र नेपाली महिलासंग विवाह गर्ने विदेशी पुरुषका लागि अङ्गीकृत नागरिकता पाउनका लागि निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने उहाँको भनाई थियो ।

नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै ६ महिना देखि छलफलकै क्रममा रहेको छ । शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संसोधनबारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समितिले विधेयक सम्बन्धमा निर्णय गर्न सकेन ।

विधेयकमा नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलाले ७ र नेपाली महिलासँग विवाह गर्ने पुरुषले १५ वर्ष नेपालमा बसोबास गरेपछि मात्रै अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ११ बजे

सोमबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक