इन्द्रजात्रा हेर्न जाने सार्वसाधारणमाथि प्रहरीको धरपकड « Khabarhub

इन्द्रजात्रा हेर्न जाने सार्वसाधारणमाथि प्रहरीको धरपकड


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले सुरक्षा व्यवस्था कडा पार्ने भन्दै इन्द्रजात्रा हेर्न हनुमान ढोका पुगेका सर्वसाधारणमाथि धरपकड गर्न थालेको छ ।

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर पुग्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पुगेका बेला गुठी विधेयकको विषयलाई विरोध हुनसक्ने भन्दै प्रहरीले बसन्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीले बसन्तपुर वरपर समूहमा बसेका तथा काम विशेषले त्यहाँ पुगेका व्यक्तिलाई समेत नियन्त्रणमा लिएको खुलेको छ ।

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) विजयराज भट्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व डिआईजी भट्टका एकजना आफन्तले उनलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित पुलिस क्लबमा लगेर राखेको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले इन्द्रजात्रालाई लक्षित गरी हनुमान ढोका क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

‘जात्राको अवसरमा केही व्यक्तिले उत्श्रृंखल गतिविधि गर्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको हो,’ डिएसपी बोगटीले भने, ‘सर्वसाधारणलाई नियन्त्रणमा लिने भन्ने कुरा हैन ।’

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : २५ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६