सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा « Khabarhub

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् ।

सोमबार प्रशिक्षक रसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । रसले नेपाली टोली सम्हालेयता पहिलो पटक नेपालले आफ्नो परीक्षण गर्दैछ ।

नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ । त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ ।

एक वर्षको कार्यकालका लागि नियुक्त भएपछि रसको यो पहिलो खेल उनको परीक्षण पनि हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोली

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ ।

डिफेन्डर : अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ ।

मिडफिल्डर : रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी र कृतिश रत्न छुन्जु ।

फरवार्ड : गिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बाम र रेजिन सुब्बा ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ९ : ५१ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको