प्रचण्डको गम्भीर आरोप : राजाहरूले विदेशका ‘वेश्यालय’मा गएर नेपालको बेइज्जत गरेका थिए « Khabarhub

प्रचण्डको गम्भीर आरोप : राजाहरूले विदेशका ‘वेश्यालय’मा गएर नेपालको बेइज्जत गरेका थिए


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई फेरि रैती बनाउने कोसिस भइरहेको बताएका छ्न्।

त्यो कोसिसमा कुनै हालतमा प्रतिगामीहरूलाई सफल हुन नदिने पनि पूर्वप्रधानमन्त्री दाहालले बताएका छन् ।

राजेन्द्र श्रेष्ठद्धारा लिखित पुस्तकको सोमबार काठमाडौंमा विमोचन गर्दै प्रचण्डले राजसंस्थामाथि गम्भीर आरोप पनि लगाएका छन् । अहिले संविधानविरोधी हर्कत भइरहेको भन्दै राजावादीहरूको आन्दोलनको विरोधमा उत्रिनुपर्ने पनि बताए ।

‘प्रतिगमनको कोसिस हुन्छ । संविधानले एउटा कुरा अपरिवर्तनीय भनेको छ । राजनीतिक प्रणाली र मान्यता परिवर्तन गर्न सकिन्छ । तर, राष्ट्रिय स्वाधीनता, अखण्डता परिवर्तन हुँदैन । नेपाली जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन सक्दैन, उनले भने, ‘तथाकथित राजावादीहरुले जे गरेका छन्, त्यो संविधानविरोधी काम हो । जनतालाई एक पटक रैती बनाउने कोसिस हुँदैछ, तर त्यसलाई सफल हुने दिइने छैन ।’

उनले बलिदान गर्ने वर्गको अब जिम्मेवारी आएको पनि बताए । ‘अब यो व्यवस्था ल्याउन बलिदान गरेकाहरू र वर्गले सचेत हुने बेला आयो’, उनले भने, ‘फेरि राजसंस्था फर्काउने कुरा कालरात्रि फर्काउनेजस्तै भएकोले त्यतातिर कसैले पनि सोच्न हुँदैन ।’

दाहालले शाह वंशीय राजाहरूको शासनकाल विभिन्न काण्ड पनि सम्झाए । ‘हिजो के भएको थियो ? कोतपर्व के थियो ? भण्डारखाल क–कसको झगडाले कसरी भएको हो ? त्यहाँ सयौँ भारदारहरूको कत्लेआम कसरी गरिएको थियो ?’, उनले प्रश्न गरे, ‘नेपालको नक्शालाई संकुचित बनाउने काम दरबारिया राजाहरूले कसरी गरेका थिए ? विदेशीको चाकडी कसरी गरेका थिए ?’

उनले शाहवंशीय राजाहरू विदेशमा गएर ‘वेश्यालय’मा धाएको संगीन आरोप पनि लगाएका छन् । ‘हिजोका राजा र महाराजाहरू अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए ?’, उनले भने, ‘अस्ति भर्खरै त्यहीँ कलकत्तामा जवहारलाल नेहरुले त तिमीहरूको राजा (त्रिभुवन)ले त बेइज्जत नै गर्‍यो, छिटो फर्काऊ भन्नपर्ने त्यो स्तरको हर्कत कसले गरेको थियो ?’

उनले पञ्चायती शासनका समयमा भएको नमिता-सुमिता हत्याकाण् पनि स्मरण गराए । ‘नमिता-सुनिता हत्याकाण्ड के थियो ? दरबारहत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरूलाई बुझाउन पर्यो । जनआन्दोलन र राजनीतिक परिवर्तनपछिका युवाहरूलाई यो कुरा थाहा छैन, हामीले बुझाउनुपर्‍यो ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १० : १४ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति