शल्यक्रियापछि प्रशिक्षणमा फर्किए सञ्जु सामसन | Khabarhub Khabarhub

शल्यक्रियापछि प्रशिक्षणमा फर्किए सञ्जु सामसन


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शल्यक्रिया पछि सञ्जु सामसनले राजस्थान रोयल्सको टोलीसँग प्रशिक्षण सुरु गरेका छन्। उनी पूर्ण रूपमा तयार नभए ध्रुव जुरेलले विकेट किपिङको काम गर्ने छन्।

इङ्गल्यान्डसँगको शृङ्खलाको पाँचौँ खेलमा जोफ्रा आर्चरको बल लागे पछि सामसनलाई जुरेलले प्रतिस्थापन गरेका थिए।

रोयल्सका अर्का चोटग्रस्त खेलाडी रियान पराग पनि प्रशिक्षणमा आबद्ध हुने जनाइएको छ । चोटकै कारण उनले दक्षिण अफ्रिका र इङ्गल्यान्डसँगको शृङ्खला गुमाएका थिए। राजस्थानले २३ मार्चमा हैदरावादमा सनराइजर्स हैदरावादसँग खेल्ने छ।

त्यस पछि राजस्थानले कलकत्ता नाइट राइडर्स र चेन्नाइ सुपर किङ्ससँग खेल्ने छन्। २५ मार्चमा कलकत्ता तथा ३० मार्चमा चेन्नाइसँग खेल हुने छ।

यस सिजनको आइपिएलको पूर्व सन्ध्यामा खेलाडीले चोट बोक्ने क्रम कायम रहेको छ। कलकत्ताले पनि उमरान मलिक चोटग्रस्त भएपछि उनको स्थानमा बायाँ हाते सिमर चेतन साकारियालाई टोलीमा समावेश गरेको छ। २५ वर्षीय मलिकले सन् २०२४ को आइपिएल पछि कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्।

उनले सो सिजन सनराइजर्स हैदरावादका लागि एक खेल मात्र खेलेका थिए। ढाडको चोटसँग सङ्घर्ष गरिरहेका साकारियाले पनि २०२४ को फेब्रुअरीमा रण जी ट्रफी पछि कुनै प्रतियोगितामा सहभागिात जनाएका छैनन्।

साकरियाले तत्काल नै ड्वान ब्राभो र वरुण आरोनसँग प्रशिक्षण लिने अनुमान गरिएको छ। १५० किलोमिटर प्रतिघण्टाको दरले बलिङ गर्नु उनको विशेषता हो।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ७ : ५२ बजे

गोविन्द भट्टराईको प्रस्ताव : कर्मचारीलाई मात्रै होइन, राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राखौँ

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गोविन्द

अहिले संसद् र न्यायालयमा जे चलिहरेको छ, हामीले जनतासँग कबुलविपरीत छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र

स्पेनको भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता