स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी (तस्बिरहरू) « Khabarhub

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी (तस्बिरहरू)


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय मातहत रहेका मध्ये ४६ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भइरहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए । मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।

उनले विवाद भएका विभिन्न १३ वटा आङ्गिक क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अगाडि बढाउने समझदारीको प्रयास भइरहेको जानकारी दिए ।

त्रिविका कतिपय आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्विरोध भइसकेको छ ।

मतदान सकिए लगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले आजै साँझदेखि मतगणना सुरु गर्नेछ ।

त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकै पटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पस बाहेक सम्पन्न भएको थियो ।

त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : २३ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको