निर्वाचन सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसाल धर्नामा | Khabarhub Khabarhub

निर्वाचन सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसाल धर्नामा


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि स्वतन्त्रतर्फ सभापतिको उम्मेदवार रहेकी पदमा भुसालले धर्नामा बसेकी छन् । 

निर्वाचनको सुनिश्चितताको माग गर्दै उनी मंगलबारबाट आँखामा कालो पट्टी बाँधेर प्रिन्सिपलको कार्यालय तथा निर्वाचन कार्यालय अगाडि दुई घण्टे धर्नामा बसेकी हुन् । 

चैत ८ गतेका लागि तोकिएको निर्वाचन पनि कार्यतालिका बमोजिम अगाडि नबढेको भन्दै भुसालले ८ गते नै निर्वाचन गर्न दबाब दिने उद्देश्यले मंगलबारदेखि हरेक दिन दुई घण्टा धर्ना दिने बताइकी छन् । 

अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकी भुसाल वर्तमान स्ववियुमा कोषाध्यक्ष छन् । बलियो दाबेदार हुँदाहुँदै पनि आफूलाई पूर्णरुपमा अवज्ञा गर्दै संगठनले अर्को उम्मेदवार खडा गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : २० बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए