निर्वाचन सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसाल धर्नामा « Khabarhub

निर्वाचन सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसाल धर्नामा


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि स्वतन्त्रतर्फ सभापतिको उम्मेदवार रहेकी पदमा भुसालले धर्नामा बसेकी छन् । 

निर्वाचनको सुनिश्चितताको माग गर्दै उनी मंगलबारबाट आँखामा कालो पट्टी बाँधेर प्रिन्सिपलको कार्यालय तथा निर्वाचन कार्यालय अगाडि दुई घण्टे धर्नामा बसेकी हुन् । 

चैत ८ गतेका लागि तोकिएको निर्वाचन पनि कार्यतालिका बमोजिम अगाडि नबढेको भन्दै भुसालले ८ गते नै निर्वाचन गर्न दबाब दिने उद्देश्यले मंगलबारदेखि हरेक दिन दुई घण्टा धर्ना दिने बताइकी छन् । 

अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकी भुसाल वर्तमान स्ववियुमा कोषाध्यक्ष छन् । बलियो दाबेदार हुँदाहुँदै पनि आफूलाई पूर्णरुपमा अवज्ञा गर्दै संगठनले अर्को उम्मेदवार खडा गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : २० बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा