तालबन्दी तोडेर वातावरण सहज बनाउन मातहतलाई नेविसंघको निर्देशन   « Khabarhub

तालबन्दी तोडेर वातावरण सहज बनाउन मातहतलाई नेविसंघको निर्देशन  


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विभिन्न क्याम्पसहरूमा तालाबन्दी गर्ने मातहतका इकाईहरूलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको वातावरण सहज बनाउन र संवादमार्फत समस्या सुल्झाउन निर्देशन दिएको छ । 

अध्यक्ष दुजाङ शेर्पाले मंगलबार प्रेस विज्ञप्तिमार्फत नेविसंघ केन्द्रीय समिति मातहतका इकाईहरूलाई क्याम्पसमा लगाइएको ताला खोलेर निर्वाचनको वातावरण सहज बनाउन र संवादमार्फत समस्या सुल्झाउन निर्देशन दिएका हुन् । 

निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला विभिन्न संघ–संगठन, समूह र स्वतन्त्र उम्मेदवारहरूद्वारा गरिएका तालाबन्दी तोडेर वातावरण सहज बनाउन र संवादमार्फत समस्या सुल्झाउन सम्बद्ध सबै पक्षलाई आव्हान गर्दै उनले भनेका छन्, ‘नेविसंघ मातहतका विभिन्न इकाई एवं आबद्ध विद्यार्थी नेता साथीहरू समेतलाई यसै विज्ञप्तिमार्फत निर्देशन गरिन्छ ।’ 

नेविसंघले स्ववियु निर्वाचन सुनिश्चितता लागि त्रिभुवन विश्वविद्यालयको निर्वाचनसम्बन्धि निर्देशिका, २०८१ को दफा १२ (८) बमोजिम चैत्र २० भित्र मिति तोकेर रोकिएको चरणबाट निर्वाचन प्रक्रिया सुचारु गर्न दृढतापूर्वक अघि बढ्न प्रतिबद्धता रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ४ : २५ बजे

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

महाबौद्ध, दरबार स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्र व्यवस्थापन तीव्र

काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि

एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पहिरो गएको छ ।  नेपाल

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी