जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ    | Khabarhub Khabarhub

जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ   


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टी एकताको पक्षमा रहेको दाबी गरेको छ । 

अध्यक्ष डा. राउत र नाउपा अध्यक्ष श्रेष्ठबीच चैत २ गते संसद् भवन बानेश्वरमा भेट भएको थियो ।  भेटमा पार्टी एकताका विभिन्न विषयमा छलफल भएको बताइएको छ। 

भेटपछि जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले रञ्जिता पनि पार्टी एकताको पक्षमा रहेको दाबी गरे । नाउपा संरक्षक रेशम चौधरी र राउतबीच पार्टी एकताको विषयमा छलफल भए पनि रञ्जितासँग छलफल भएको थिएन । रञ्जिता एकताको पक्षमा रहेको नेताहरूको भनाइ छ । 

‘रञ्जिता म्याडम पनि सकारात्मक हुनुहुन्छ । पार्टी एकताबारे प्रक्रिया अगाडि बढाउने कुरा भएको छ रे । हाम्रो अध्यक्ष ज्यूले पनि यही कुरा गर्नुभएको छ ।’ यादवले खबरहबलाई भने, ‘उहाँहरूको केन्द्रीय कमिटी बैठक बसेर टुङ्गो लगाउने छलफल भएको छ ।’  

यसबारे रञ्जिता भने बोल्न चाहेकी छैनन् । उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरी भने जनमतसँग पार्टी एकता गर्ने  प्रक्रिया अगाडि बढिसकेको दाबी गर्छन् ।  

यता नाउपाले चैत १५ गतेभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

नाउपा सांसद गंगा राम चौधरीले भने, ‘हाम्रो केन्द्रीय कमिटी बैठकले निर्णय गर्छ । पार्टी एकताबारे पुरै जानकारी आएको छैन ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ०१ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण