ओली नेतृत्वको सरकारले थप्यो साढे दुई खर्ब ऋण, सार्वजनिक ऋण २७ खर्ब नजिक « Khabarhub

ओली नेतृत्वको सरकारले थप्यो साढे दुई खर्ब ऋण, सार्वजनिक ऋण २७ खर्ब नजिक


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा केपी ओली नेतृत्वको कांग्रेश–एमाले गठबन्धनको सरकारले नेपालको सार्वजनिक ऋण साढे २ खर्ब थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको नेपालको सार्वजनिक ऋण फागुन मसान्तसम्म आइपुग्दा २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ ।

कार्यालयकाअनुसार ८ महिना अवधिमा गठबन्धन सरकारले २ खर्ब ४१ अर्ब ९३ करोड सार्वजनिक ऋण थप गर्ने कार्य गरेको छ । ८ महिनाको अवधिमा झण्डै साढे २ खर्ब ऋण थपिएसँगै नेपालको सार्वजनिक ऋण कुल गाह्रस्थ उत्पादनको ४६.९१ प्रतिशत पुगेको छ ।

कुल सार्वजनिक ऋणमध्ये ५०.८३ प्रतिशत बाह्य र ४९.१६ प्रतिशत आन्तरिक ऋण रहेको कार्यालयले जनाएको छ । साथै कार्यालयले पछिल्लो ८ महिनाको अवधिमा विदेशी मुद्राको मूल्यमा भएको वृद्धिको कारणले मात्रै नेपालको सार्वजनिक ऋण ६६ अर्ब २९ करोड रुपैयाँ थपिन पुगेको छ ।

आन्तरिक ऋण प्राप्तिमा लक्ष्य नजिक बाह्य ऋण ३० प्रतिशत मात्रै

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये समीक्षा अवधिसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड परिचालन गरेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ६१.१७ प्रतिशत हो ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा सरकारले आन्तरिक ऋण र बाह्य ऋण क्रमशः ८१.५६ र ३०.१७ प्रतिशत परिचालन गरेको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये समीक्षा अवधिसम्म २ खर्ब १ अर्ब ७२ करोड ऋण भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ५८ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव