लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो « Khabarhub

लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

त्रिपोली – लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।

सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता र अराजकताका कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनोट गरेका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।

“आज, अवैध आप्रवासन नियन्त्रण विभागको निर्वासन कार्यालयबाट, हामीले त्रिपोली मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान मार्फत १७७ महिला र केही बाल आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको छौँ,” निर्वासन अधिकारी मोहम्मद ब्रेदाले बताए ।

“यस समूहमा नौ बालबालिका र आठ शिशुहरू थिए ।” सोमबार, लिबियाका आन्तरिक मन्त्री इमाद अल–तरबेलसीले युरोपेली सङ्घलाई अवैध आप्रवासन रोक्न थप सहयोग प्रदान गर्न आग्रह गरे ।

“लिबियाको दक्षिणी सिमानाहरू सुरक्षित गर्न यो समस्या समाधान गर्नु धेरै महत्वपूर्ण छ ।” अल–तारबेल्सीले बसाइँसराइको मूल कारणहरूलाई सम्बोधन गर्न आप्रवासीहरूको उत्पत्ति भएका देशहरूमा विकास परियोजनाहरूको लागि पनि आह्वान गरे ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : ०८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण