लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो « Khabarhub

लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

त्रिपोली – लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।

सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता र अराजकताका कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनोट गरेका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।

“आज, अवैध आप्रवासन नियन्त्रण विभागको निर्वासन कार्यालयबाट, हामीले त्रिपोली मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान मार्फत १७७ महिला र केही बाल आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको छौँ,” निर्वासन अधिकारी मोहम्मद ब्रेदाले बताए ।

“यस समूहमा नौ बालबालिका र आठ शिशुहरू थिए ।” सोमबार, लिबियाका आन्तरिक मन्त्री इमाद अल–तरबेलसीले युरोपेली सङ्घलाई अवैध आप्रवासन रोक्न थप सहयोग प्रदान गर्न आग्रह गरे ।

“लिबियाको दक्षिणी सिमानाहरू सुरक्षित गर्न यो समस्या समाधान गर्नु धेरै महत्वपूर्ण छ ।” अल–तारबेल्सीले बसाइँसराइको मूल कारणहरूलाई सम्बोधन गर्न आप्रवासीहरूको उत्पत्ति भएका देशहरूमा विकास परियोजनाहरूको लागि पनि आह्वान गरे ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : ०८ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित