पाकिस्तानमा औषधिको अभाव « Khabarhub

पाकिस्तानमा औषधिको अभाव


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको बहावल विक्टोरिया अस्पतालमा औषधिको अभाव भएको हो ।

औषधिको अभावका कारण बिरामीहरु मर्कामा परेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । औषधिको अभावले दूरदराजबाट उपचारका लागि आएका बिरामीहरु निजी फार्मेसीबाट महँगो औषधि किन्न बाध्य भएका छन् ।

ट्रिब्युनका अनुसार यो अस्पताल दक्षिणी पञ्जाबकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो । अस्पतालको बहिरंग विभागमा एन्टिबायोटिक्स, पेरासिटामोल, कफ सिरपजस्ता ५२ वटा अत्यावश्यक औषधिहरू उपलब्ध छैनन् ।

अस्पतालका मेसु आमिर बुखारीका अनुसार बजेट नभएका कारण औषधिको अभाव भएको हो । अस्पतालले औषधि खरिदका लागि १ अर्ब २५ करोड पाकिस्तानी रुपैयाँ माग गरेकोमा सरकारले केबल ५३ करोड रुपैयाँमात्र उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ५२ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको