कीर्तिपुर अस्पतालमा जलनकै बिरामीलाई बेड अभाव | Khabarhub Khabarhub

कीर्तिपुर अस्पतालमा जलनकै बिरामीलाई बेड अभाव


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जलनको उपचारका लागि प्रमुख मानिएको कीर्तिपुर अस्पतालमा जलनकै बिरामीको लागि बेड अभाव भएको छ।

आगलागी तथा डढेलोको मौसम सुरु भएसँगै दैनिक जसो जलनका बिरामी आउँदा पुरै बेड भरिएपछि अब आउने बिरामीलाई कहाँ राख्ने भन्ने कुरा चिन्ताको विषय बनेको जलन उपचार अभियन्ता तथा समाजसेवी उज्ज्वल विक्रम थापाले बताए।

थापाका अनुसार एक सय शय्या क्षमता भएको अस्पतालमा जलनको उपचारका लागि भन्दै ३५ वटा शय्या छुट्याइएकोमा सबै बेड भरिएर अन्य शय्यामा पनि राख्ने गरिएको छ।

जलनको सामान्य उपचार अन्य अस्पतालमा हुने गरेको भए पनि यो अस्पतालले नाम कमाएकाले कीर्तिपुरमै उपचार गर्न खोज्ने धेरै भएको उनको भनाइ छ। जसका कारण अन्य बिरामीका लागि छुट्याइएको बेडमा पनि जलनका बिरामी राख्नुपर्ने बाध्यता भएको उनले बताए।

अहिले डढेलोको मौसम भएकाले अकस्मात कतै आगलागीको घटना भइहाले सबैको बिजोग हुने उनले बताए।

अहिले सुष्मा कोइराला मेमोरियल अस्पताल शंखरापुरमा २२, टिचिङ अस्पतालमा सात, पाटनमा पाँच र वीर अस्पतालमा १२ बेड जलन उपचारका लागि भनेर छुट्याइएको छ। यी मध्ये सुष्मा कोइराला अस्पतालमा जलन उपचारका लागि चाहिने सबै सेवसुविधा छन् भने अन्य अस्पतालमा सबै सुविधा नहुँदा जटिल समस्या आउँदा कीर्तिपुर नै रेफर गर्नुपर्ने अवस्था रहेको थापाले बताए।

सुष्मा कोइराला मेमोरियल अस्पताल शंखरापुरमा २२, टिचिङ अस्पतालमा सात, पाटनमा पाँच र वीर अस्पतालमा १२ बेड जलन उपचारका लागि भनेर छुट्याइएको भए पनि जटिल समस्या आउँदा कीर्तिपुर नै रेफर गर्नुपर्ने अवस्था छ।

जलनका सामान्य बिरामी कीर्तिपुरमै आउँदा आवश्यक बिरामीका लागि बेडको अभाव हुने अवस्था रहेको थापाको भनाइ छ। ‘शानदार मःम पसलको घटनाकै कुरा गर्ने हो भने पनि नजिकै रहेको वीर अस्पताल नलगेर कीर्तिपुर ल्याए। भक्तपुर, ललितपुरका जलनका बिरामी पनि नजिकैको अस्पताल छोडेर कीर्तिपुर नै आउन खोज्छन्’, उनले भने।

कीर्तिपुरमा बेड संख्या थप गर्नका लागि अस्पताल प्रशासनले सरकारसँग बारम्बार आग्रह गरिरहेको र सरकार पनि यस विषयमा सकारात्मक नै रहेको उनले बताए। ‘आश्वासन पाएकै देखिन्छ तर भन्ने बित्तिकै भवन बन्ने होइन समय लाग्छ। सरकारले सातवटै प्रदेशमा जलन अस्पताल खोल्ने भनेपनि पुर्ण सुविधा कतै नभएकाले सबै अस्पतालले रेफर गर्ने कीर्तिपुर नै बनेको छ’, उनले थपे। कीर्तिपुरमा पुर्वदेखि पश्चिमसम्म गरेर देशभरीकै बिरामी आउने गरेका थापा बताउँछन्।

भर्खरै प्रादेशिक अस्पताल सुर्खेतमा चार दिन राखेर उपचार सम्भव नभएको भन्दै जाजरकोटको सानो बालकलाई कीर्तिपुर अस्पताल पठाइएको उदाहरण दिँदै थापा भन्छन् ‘म्यानपावर नभएर हो वा के कारणले उपचार हुन सकेन।’

आगो लाग्दा निभाउन जाने सुरक्षाकर्मीकै अस्पतालमा जलनको उपचार सुविधा नहुनु दुर्भाग्य भएको बताउँदै अहिले राष्ट्रिय चर्चाको विषय बनेकाले आगामी बजेटमा प्राथमिकतामा पर्छ कि भन्ने आशा पलाएको थापाले बताए।

आवश्यक पूर्वाधारको व्यवस्था गरेर ७० बेडको राष्ट्रिय जलन केन्द्र भनेर खोल्ने प्रस्ताव सरकारसँग राखेको बताउँदै थापा भन्छन्, ‘जलनको पीडा भोगेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग पनि यस विषयमा छलफल भएको छ उहाँहरुले पनि सकारात्मक प्रतिक्रिया दिँदै प्रयास भइरहेको बताउनुभएको छ।’

यो पनि….
शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय

शानदार मःमका चार श्रमिकको मृत्युले उठाएको प्रश्न– बीमा नगरी काम खान पाइन्छ ?

जलन उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको आवश्यक जनशक्ति प्रशस्त भए पनि बेड अभाव यसको मुख्य चुनौती भएको थापाले बताए।

यस वर्ष एकदमै कम पानी परेकाले डढेलोको सम्भावना उच्च हुने हुँदा बेड अभावमा उपचार नपाउने अवस्था हुन्छ कि भन्ने विषयमा अस्पताललाई चिन्ता भइरहेको बताउँदै थापाले कुनै अप्रिया घटना हुन नदिनका लागि आवश्यक शतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : ४७ बजे

बैतडीमा बढे भाइरल ज्वरोका बिरामी 

बैतडी– मौसम परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्

ट्रम्पसँग स्तब्ध इयु रक्षा प्रयासलाई गति दिन खोज्दै

एजेन्सी– रुसको आक्रामक नीति र अमेरिकी सुरक्षा संरक्षणको सम्भावित नोक्सानीसँग

त्रिवि क्रिकेट मैदान एकसाथ बन्दै प्याराफिट र फ्लड लाइट (तस्बिरहरू)

काठमाडौं– सरकारको प्रतिवद्धताअनुसार त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा पूर्वाधार निर्माण तीव्र

दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर

बालिकामाथि यौन दुर्व्यवहारमा महानगरको मनोसामाजिक प्रतिवेदनबाट जाहेरीको दावी पुग्ने अदालतको ठहर  

काठमाडौं– काठमाडौं महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका विषयमा