स्ववियु निर्वाचन : कञ्चनपुर र कैलालीमा एमालेनिकट अनेरास्ववियु शून्य | Khabarhub Khabarhub

स्ववियु निर्वाचन : कञ्चनपुर र कैलालीमा एमालेनिकट अनेरास्ववियु शून्य


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुर र कैलालीमा शून्य भएको छ । 

सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाहरू कञ्चनपुर र कैलालीका १६ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको नतिजा प्रतिकूल आएको हो । तथापि, अनेरास्ववियुले कञ्चनपुरको एक क्याम्पसमा आफूले जितेका दाबी गरिरहेको छ । 

कञ्चनपुरका त्रिविअन्तर्गतका सात क्याम्पसमध्ये एकमा निर्विरोध नेतृत्व चयन भएको छ भने छ क्याम्पसमा चुनावी प्रक्रियाद्वारा स्ववियुका लागि कार्यसमिति चयन भएको हो । जसमध्ये पाँचमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ), दुईमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ । 

प्राप्त मत परिणामअनुसार बेलडाँडी गाउँपालिकामा पर्ने रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा मोहन जैसीको नेतृत्वमा नेविसंघको प्यानल विजयी भएको छ  । दोधारा–चाँदनी नगरपालिकाको भानु बहुमुखी क्याम्पसमा सुवास नेगीको नेतृत्वमा नेविसंघकै प्यानल विजयी भएको छ ।

नेविसंघ पुनर्वास नगरपालिकाको जनता क्याम्पसमा विकास खड्का नेतृत्वमा र कृष्णपुर नगरपालिकाको कञ्चन बहुमुखी क्याम्पसमा सुनिल ऐर नेतृत्वमा प्यानलसहित निर्वाचित भएको छ ।

अखिल (क्रान्तिकारी)ले बेलौरी नगरपालिकाका दुई क्याम्पस महाकाली बहुमुखी र रामपुर बहुमुखीमा प्यानलसहित विजय हासिल गरेको छ । महाकालीमा दीपक चौधरी र रामपुरमा रविना राना नेतृत्वको क्रान्तिकारी प्यानल निर्वाचित भएको हो ।

रामपुर बहुमुखी क्याम्पसमा सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका थिए । शुक्लाफाँटा नगरपालिकाको झलारीमा अवस्थित कृष्ण–बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघले निर्विरोध नेतृत्व पाएको थियो । सभापतिमा करनप्रसाद भट्ट निर्विरोध भएका थिए । 

भीमदत्त नगरपालिकाको जिमुवामा रहेको दानेश्वर हरि बहुमुखी क्याम्पसमा अनेरास्ववियुले प्यानलसहित निर्विरोध भएको दाबी गरिरहेको छ । तर, निर्वाचन समितिले मंगलबार सूचना जारी गरे निर्वाचन स्थगित गरेको थियो । उक्त क्याम्पसमा स्थगित भएको भनिएको निर्वाचन प्रक्रियाबारे जानकारी लिन खोज्दा निर्वाचन अधिकृत रवीन्द्र रावलको मोबाइल उठेन । 

जारी सूचनामा भनिएको छ, ‘फागुन २८ गतेका दिन यस क्याम्पसको स्ववियु निर्वाचनको कार्यालयमा असन्तुष्ट पक्षले विज्ञप्तिसहित तालाबन्दी गरेका कारण कार्यतालिकाअनुसार कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकिएको र चैत ३ गते सहमतिका लागि विद्यार्थी संगठनहरूलाई आह्वान गर्दासमेत सम्पर्कमा नआएकाले अर्को सूचना नआएसम्म निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको ब्यहोरा जानकारी गराउँदै असन्तुष्ट पक्षलाई तालाबन्दी फिर्ता लिई क्याम्पस सहज रूपले सुचारु गर्न सहयोग गरिदिन हुन अनुरोध गरिन्छ ।’

त्रिविअन्तर्गत कैलालीमा रहेका क्याम्पसमध्ये नौ वटामा स्ववियु निर्वाचन भएको छ । जसमध्ये ५ क्याम्पसमा नेविसंघ र चार क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । नेविसंघका केन्द्रीय सदस्य टेकराज अवस्थीका अनुसार टीकापुरको वीरेन्द्र बहुमुखी, जोशीपुरको रघुनाथ आदर्श, धनगढीका ऐश्वर्य बहुमुखी र फुलबारी बहुमुखी तथा भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा नेविसंघ विजयी भएको हो । 

यस्तै लम्कीको लम्की बहुमुखी, सुख्खडको राष्ट्रिय कलेज, पहलमानपुरको बुलबुले बहुमुखी र मसुरियाको खप्तड बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी निर्वाचित भएको छ । 

कञ्चनपुर र कैलालीका त्रिवि मातहतका केही क्याम्पसहरूमा विद्यार्थी संगठनहरू बीचको विवादका कारण चैत ५ का लागि तोकिएको स्ववियु निर्वाचन स्थगित भएको छ । 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : ५७ बजे

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई)धैर्यताका

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी,

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

आगलागीबाट ७७ लाख बढीको क्षति

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको