पुरुष फुटबलरको भन्दा महिलाको अन्तर्राष्ट्रिय गोल संख्या झण्डै तीन गुणा « Khabarhub

पुरुष फुटबलरको भन्दा महिलाको अन्तर्राष्ट्रिय गोल संख्या झण्डै तीन गुणा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली खेलकुदमा जति चर्चा फुटबलको हुन्छ, त्यति नै आलोचना पनि । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबललाई चलायमान बनाएको छ ।

उमेर समूहदेखि सिनियर पुरुष र महिला टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् । तर पनि नेपाली फुटबल दक्षिण एसियाली क्षेत्रमै उपाधिका लागि संघर्ष गरिरहेको छ ।

नेपाली पुरुष टोलीले सहभागिता जनाउने प्रतियोगितामा गोल हुन नसक्दा कतिपय समय उपाधि दाबेदारीबाट चुक्दै आएको छ ।
त्यस्तै, महिला टोलीको हकमा पनि उपाधि नै ल्याउन भने टिम चुकिरहेको छ । तर, पुरुष टोलीको भन्दा गोल संख्यामा भने महिला खेलाडी निकै अगाडि देखिएका छन् ।

नेपाली फुटबलमा पुरुष खेलाडी व्यक्तिगत अहिलेसम्म सर्वाधिक अन्तर्राष्ट्रिय गोल संख्या १३ छ । जसमा दुई जना पूर्व फुटबलरले समान १३–१३ गोल गरेका छन् । हरि खड्का र निराजन रायमाझि सर्वाधिक गोलकर्ताको सूचिमा शिर्ष स्थानमा छन् ।

सक्रिय खेलाडीहरुमा भने भरत खवासको गोल संख्या १० पुगेको छ ।

यता, महिल खेलाडीको हकमा भने अन्तर्राष्ट्रिय गोलमा पूर्व राष्ट्रिय टोलीकी कप्तान अनु लामाले सर्वाधिक ३५ गोल गरेकी थिइन् । त्यसलाई बिहीबार किर्गिस्तानको नादेझ्दा कपको फाइनलमा दुई गोल गरेकी सावित्रा भण्डारीले बराबरी गरिसकेकी छन् ।

राष्ट्रिय महिला टोलीमा सन् २०१४ मा डेब्यु गरेकी सावित्राले ५ बर्षको अबधिमा ३५ गोल गरिसकेकी छन् । अब सावित्रालाई सर्वाधिक गोलकर्ता बन्न मात्रै एक गोलको आवश्यकता छ ।

अहिले सावित्रा र अनुको नाममा महिला टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको नाम आउँछ । सावित्राले किर्गिस्तानमा रहँदा ४ खेलमा ७ गोल गर्दै उक्त प्रतियोगितामा सर्वाधिक गोल कर्ता समेत भइन् । यद्यपि नेपाली टोली फाइनलमा उज्वेकिस्तानसँग पराजित भएपछि उपविजेतामै सिमित रह्यो ।

विश्व फुटबललाई हेर्ने हो भने पनि पुरुष फुटबलको तुलनामा महिला फुटबलले त्यस्तो धेरै उचाइ लिन सकिरहेको छैन । तर पनि पछिल्लो समय महिला फुटबल र महिला खेलाडीको पारिश्रमिक देखि हरेक कुराहरुको बहस विश्व बजारमा चुलिरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : २९ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष