स्वास्थ्य बीमाको सुविधा थैली २ लाख बनाउन सांसद शर्माको प्रस्ताव  « Khabarhub

स्वास्थ्य बीमाको सुविधा थैली २ लाख बनाउन सांसद शर्माको प्रस्ताव 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्माले स्वास्थ्य बीमाको सुविधा थैलीलाई तत्काल २ लाख बनाउन प्रस्ताव गरेका छन् । 

बुधबार संसद्‌मा धारणा राख्दै सांसद शर्माले स्वास्थ्य स्वास्थ्य बीमा बापतको सेवालाई तत्कालै २ लाख तथा विस्तारै ५ लाख रुपैयाँ बनाउनका लागि प्रस्ताव गरेका हुन् । 

आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित नगरिने कुरा संविधानमा नै उल्लेख गरिएपनि सरकारले बीमा बापत भुक्तानी दिन सक्दिनँ भन्नु लाचारीपन भएको उनको धारणा थियो । 

हुम्लाबाट काठमाडौं उपचारका लागि २ लाख बढी खर्च हुन्छ, उनले भने, सरकार व्यापारी होइन भने सम्भव भएसम्म स्थानीय स्तरमा नै स्वास्थ्य सेवा दिन सक्नुपर्छ। संसद्‌मा उनले थप भने, स्वास्थ्य बीमालाई निमोठेर फाल्ने प्रपञ्‍च रचिदैँछ। यो स्वास्थ्यमन्त्रीसँग मात्रै सम्बन्धित होइन, अर्थले बजेट नदिए स्वास्थ्यले केही गर्न सक्ने अवस्था छैन। 

न्यून आय भएकाहरूका लागि  ३५ सय स्वास्थ्य बीमा  प्रिमियम रकम पनि ठूलो भएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ४७ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप