राजावादीहरू सक्रिय भएपछि सडकमा निस्किए बाबुराम (तस्बिरहरू) « Khabarhub

राजावादीहरू सक्रिय भएपछि सडकमा निस्किए बाबुराम (तस्बिरहरू)

भने- ठूला भनिएका दलबाट देशको समस्या समाधान हुँदैन


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले ठूला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका छन् । 

बुधबार काठमाडौंको माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब कार्यक्रमको आयोजना गर्दै भट्टराईले संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएर पालैपालो सरकारको नेतृत्व गरेको जनताले देखिसकेको भन्दै ठूला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका हुन् । 

सरकारमा रहेका बेला सबै ठिक र सरकारबाट बाहिरिएको भोलिपल्ट सबै बेठीक भनेर गफ दिनेहरूबाट देश र जनताको भलो हुन नसक्ने उनले बताए । 

त्यस्तै भट्टराईले देशको समस्या राजतन्त्र ल्याएर समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको बताए । उनले जनताले हटाएको राजसंस्थालाई कुनै महत्त्व दिन आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्र आउन कुनै सम्भावना समेत नरहेको जिकिर गरे ।  

भट्टराईले अहिलेको प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था कायम हुनुपर्ने धारणा राखे  ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : १७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच