नाउपा अध्यक्ष रञ्जिताले बोलाइन् बैठक, पार्टी एकताबारे छलफल हुने  « Khabarhub

नाउपा अध्यक्ष रञ्जिताले बोलाइन् बैठक, पार्टी एकताबारे छलफल हुने 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएकी हुन् । 

नाउपा सांसद गंगाराम चौधरीका अनुसार बैठक मध्यबानेश्वर पार्टी कार्यालयमा बस्ने छ । उनले पार्टी एकताका विषयमा छलफल हुने एजेन्डा रहेको खबरहबलाई  बताए । 

नाउपाको यो बैठकमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको विषयमा छलफल हुने बताइन्छ । अध्यक्ष श्रेष्ठ र राउतबीच चैत २ गते भेटघाट भएको थियो ।  भेटमा श्रेष्ठ पनि एकताको पक्षमा रहेको दाबी जनमतले गरेको छ । 

नाउपा संरक्षक रेशम चौधरी र राउतबीच पार्टी एकताको विषयमा पटक-पटक छलफल भए पनि रञ्जितासँग छलफल भएको थिएन । रञ्जिता एकताको पक्षमा रहेको नेताहरूको भनाइ छ । तर, केन्द्रीय कमिटीमा बहुमत सदस्य बसेर एकता गर्ने या नगर्ने निर्णय हुने बताइएको छ । 
 
यसबारे रञ्जिता भने बोल्न चाहेकी छैनन् । उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरी भने जनमतसँग पार्टी एकता गर्ने  प्रक्रिया अगाडि बढिसकेको दाबी गर्छन् ।

जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ   

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : २९ बजे

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

नेपालगन्ज– बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन

बाँकेका सीमा नाका तीनदिन बन्द हुने 

काठमाडौं– प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड

यूएई- संयुक्त अरब इमिरेट्सको दुबईमा फेरि विस्फोट भएको समाचार आएको

निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र

निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ

काठमाडौं- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय