नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ « Khabarhub

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ मा नेपाली नागरिकता दिएको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुवाआमा बनेका थिए ।

नागरिकताका लागि वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस दिएका थिए । वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले आर्थिक चलखेल गरी नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको थियो ।

यस प्रकरणमा भारतीयलाई मिलेमतोमा नागरिकता दिलाएको भन्दै दोषीमाथि कारबाही गर्नुको सट्टा संरक्षण गरिएको भन्दै सांसद राजकिशोर यादवले गत फागुन २७ गतेको संसद बैठकमा आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ८ : २९ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ