अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ। आजको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ।

बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०२ पैसा र बिक्रीदर १३८ रुपियाँ ८२ पैसा कायम भएको छ। बुधबार एकको खरिददर १५१ रुपियाँ १२ पैसा र बिक्रीदर १५१ रुपियाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपियाँ ९९ पैसा र बिक्रीदर १७९ रुपियाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १५६ रुपियाँ ९२ पैसा र बिक्रीदर १५७ रुपियाँ ६० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ३९ पैसा र बिक्रीदर ८७ रुपियाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ३४ पैसा र बिक्रीदर ९६ रुपियाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५१ पैसा र बिक्रीदर १०३ रुपियाँ ९६ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ २१ पैसा र बिक्रीदर नौ रुपियाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०९ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८० पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर ३८ रुपियाँ ०३ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ११ पैसा र बिक्रीदर ३१ रुपियाँ २५ पैसा कायम भएको छ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६७ पैसा र बिक्रीदर १३ रुपियाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १७ पैसा र बिक्रीदर २० रुपियाँ २६ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७६ पैसा र बिक्रीदर १७ रुपियाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ४ पैसा र बिक्रीदर ४४९ रुपियाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६० रुपियाँ ०८ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : ३५ बजे

आतंकवादविरुद्धकाे सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत

काठमाडौं – आतंकवादका विरुद्धमा सहकार्यलाई वृद्धि गर्न भारत र न्युजिल्याण्ड

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाँपजाँच सुरु

नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी

उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति मिलाउन आग्रह

काठमाडौं – नेपाल उद्योग परिषद्ले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्तिको

रसुवागढी नाकाबाट सुनसहित एक व्यक्ति पक्राउ

रसुवा – अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी

केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

खोटाङ – यहाँको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा