भारत र चीन विश्वासिला विकास साझेदारः परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

भारत र चीन विश्वासिला विकास साझेदारः परराष्ट्रमन्त्री ज्ञवाली


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन र भारत नेपालका विश्वाशिला विकास साझेदार बन्दै गएको बताएका छन् ।

प्रेस सङ्गठन नेपालले शुक्रबार  बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपालसँग अन्तरदेशीय सम्बन्ध सुमधुर बन्दै जाँदा दुबै छिमेकी देशको नेपालप्रतिको रुचि र आकर्षण पनि बढ्दै गएको बताए ।

यसैसाता नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा भएको पेट्रोलियम पाइपलाइनको उद्घाटन, केही दिनअघि चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका कारण चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको मन्त्री ज्ञवालीले बताए ।

उनले चिनियाँ समकक्षीको नेपाल भ्रमणका बेला भएको छलफलमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उपयुक्त रहेको र नेपाली जनता चिनियाँ राष्ट्रपतिको स्वागत गर्न उत्सुक रहेको बताए ।

मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या समाधानका लागि प्रबुद्ध समूहले प्रतिवेदन बुझाउने क्रममा रहेको र सरकार सीमा निर्धारण तथा सीमा स्तम्भलाई व्यवस्थित गर्ने प्रयासमा रहेको बताए ।

उनले भने, “जनताको सहज आवागमन अवरुद्ध नहोस्, अवाञ्छित तत्वले गतिविधि पनि गर्न नसकून भन्ने हो ।”

वर्तमान सरकारले धेरै राम्रा काम गरेको भए पनि जनताको अपेक्षा धेरै भएका कारण अझै अपेक्षा पूरा हुन नसकेको तर भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम बनेको उनको भनाइ थियो ।

पार्टी एकीकरणका आधारभूत काम सम्पन्न भएकाले अब पार्टी र सरकारले गरेका राम्रा काम जनताका बिचमा पु¥याउने अभियान थालिने मन्त्री ज्ञवालीले बताए ।

मुलुकले गत आर्थिक वर्षमा सात दशमलब एक प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सफल भएकाले पनि यसले सरकार सही दिशामा रहेको स्पष्ट हुने उनको भनाइ थियो । विकासोन्मुखबाट विकासशील बन्दै गएको नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा पु¥याउने लक्ष्य रहेको मन्त्री ज्ञवालीले बताए ।

 

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : ४० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र