टेक्सासमा डढेलोका कारण ५०० हेक्टर वन क्षेत्र नष्ट « Khabarhub

टेक्सासमा डढेलोका कारण ५०० हेक्टर वन क्षेत्र नष्ट


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

एबीसी न्यूजका अनुसार, स्थानीय समय अनुसार बेलुका ८ः१६ बजे डढेलो १० प्रतिशत नियन्त्रणमा आएको थियो । धेरै संरचनाहरू प्रभावित भएका छन् । कम्तिमा १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

टेक्सास ए एन्ड एम फरेस्ट सर्भिस, टेक्सासको वन हितहरू प्रबन्ध गर्ने एजेन्सीले अग्नि नियन्त्रकहरूले कन्टेन्ट लाइन स्थापना गरिरहेका जनाएको छ । हेलिकप्टरहरूले साम ह्युस्टन राष्ट्रिय वनमा पानी खसालेका थिए । साम ह्युस्टन राष्ट्रिय वन ह्युस्टन, टेक्सासको सबैभन्दा ठूलो शहरबाट करिब एक घण्टाको दूरीमा छ ।

यसअघि बुधबार, राष्ट्रिय मौसम सेवाले ह्युस्टनको पश्चिमका काउन्टीहरूका लागि चेतावनीमा जारी गर्‍यो, जसले जगलको डढेलोको उच्च जोखिमलाई सङ्केत गर्छ ।
 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ३७ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण